Thursday, June 24

नेप्सेमा आज ३ कम्पनीका २ करोड ८४ लाख कित्ता बोनस सूचिकृत

March 17, 2021 325

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज ३ वटा कम्पनीका बोनस सेयरहरु सूचिकृत भएका छन्। स्टक एक्सचेन्जले दिएको जानकारी अनुसार ग्लोबल आइएमइ बैंक, लुम्बिनी विकास बैंक र नेपाल सेवा लघुवित्त वित्तिय संस्था लिमिटेडका बोनस सेयरहरु आज सूचिकृत भएका हुन।

ग्लोबल आइएमइ बैंक लिमिटेडको १४ प्रतिशतले हुन आउने २ करोड ६५ लाख ६६ हजार २ सय ३१ दशमदब ८ कित्ता सेयर सूचिकृत भएको छ। यो बोनस आर्थिक बर्ष ०७६/७७ को हो। आर्थिक बर्ष ०७६/७७ मा यस बैंकले १६ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस बाँढेको थियो।

त्यसैगरी आज लुम्बिनी विकास बैंक लिमिटेडको ७ प्रतिशतले हुन आउने १९ लाख १ हजार ४ सय १८ दशमलव २१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ। यो बोनस आर्थिक बर्ष ०७६/७७ को हो। आर्थिक बर्ष ०७६/७७ मा यस बैंकले ७ प्रतिशत बोनस सयर र ३ प्रतिशत नगद लाभांस बाँडेको थियो।

आजै नेपाल सेवा लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस सेयर पनि नेप्सेमा सूचिकृत भएको छ। यस कम्पनीको २.५ प्रतिशतले हुन आउने १५ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो। यो बोनस आर्थिक बर्ष ०७५/७६ को हो। आर्थिक बर्ष ०७५/७६ मा यस कम्पनीले २.५ प्रतिशत बोनस सेयर र ०.१२५ प्रतिशत नगद लाभांस बाँडेको थियो।

प्रतिकृया दिनुहोस्