Tuesday, June 22

कोरियामा गर्नै छाडे बिहे, अहिलेसम्मकै कम बिवाहको बन्यो रेकर्ड

March 18, 2021 546

दक्षिण कोरियामा बिवाह गर्नेहरुको संख्या घटेको छ। सन २०२० मा यो संख्या अहिलेसम्मकै सबैभन्दा कम विन्दुमा झरेको छ। गत बर्ष बिवाह हुनेको संख्या दोहोरो अंकले घटेको हो। युवापुस्ताको बिवाहलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुका साथसाथै कोरोना भाइरसले पारेको नकारात्मक प्रभावका कारण बिवाह गर्नेहरुको संख्यामा उल्लेख्य कमि आएको बिहिबार प्रकाशित सरकारी तथ्याङ्कले देखाएको छ।

एसियाकै चौथो ठूलो अर्थतन्त्र रहेको देश दक्षिण कोरियामा गत बर्ष २ लाख १४ हजार पुगेको छ। यो संख्या अघिल्लो बर्षको तुलनामा १०.७ प्रतिशतले कमि हो। यो संख्या सन १९७० पछिकै सबैभन्दा कम भएको सरकारी तथ्याङ्कले देखाएको छ। कोरियाले सन १९७० बाटै यस सम्बन्धि तथ्याङ्क संकलन तथा भण्डारन गर्ने गरेको थियो।

सन २०२० मा घटेको १०.७ प्रतिशत पनि सन १९७१ को पछिको सबैभन्दा ठूलो गिरावट हो। सन १९७१ मा बिवाह गर्नेहरुको संख्या १८.९ प्रतिशतले घटेको थियो। त्यसैगरी सन २०२० मा २३ बर्षपछी दोहोरो अंकमा विवाह हुनेहरुको संख्या घटेको हो।

गत बर्ष बिवाह गर्नेहरुको संख्या उल्लेख्य घट्नुको मुख्य कारण कोरियाका नयाँ युवा पुस्ताहरुले विवाहलाई अनिवार्य गर्नैपर्ने बाध्यात्मक अवस्थाका रुपमा नहेर्नुका साथै विवाहपछि परिवार चलाउन काम पाउन गाह्रो हुनु तथा घर किन्न मुश्किल हुनु पनि हो। त्यसैगरी कोरोना महामारिका कारण धेरै कोरियनहरुले तय भइसकेका बिवाह पनि सारेका तथा क्यान्सिल गरेका कारण पनि यस्तो संख्यामा उच्च गिरावट आएको पाइएको छ।

सन २०२० को सरकारी सर्भे तथ्याङ्ककका आधारमा कोरियामा १३ बर्ष माथिका ५१.२ प्रतिशतले मात्र विवाह गर्नुपर्ने धारणा राखेका छन्। यस्तो संख्या सन २०१० को भन्दा १४ प्रतिशतले कमि हो। सन २०१० मा विवाह गर्नुपर्छ भन्ने सोच राख्नेहरु ६१.२ प्रतिशत रहेका थिए। ताजा तथ्याङ्कअनुसार कोरियामा केटाहरुको विवाह हुने औषत उमेर ३३.२ बर्ष पुगेको छ। यो उमेर अघिल्लो बर्ष भन्दा १.४ बर्षले बढेको छ। कोरियामा औषतमा विवाहको उमेर ३०.८ बर्ष पुगेको छ। एक दशक अघि कोरियाको औषतमा विवाह हुने उमेर २९.९ बर्ष रहेको थियो।

त्यसैगरी कोरियामा विदेशीसँग विवाह गर्नेहरुको संख्या सन २०२० मा १५ हजारमा झरेको छ। यो संख्या अघिल्लो बर्षको तुलनामा ३५.१ प्रतिशतले घटेको हो। कोरियामा गत बर्ष डिभोर्ष गर्नेहरुको संख्या १ लाख ७ हजार रह्यो। डिभोर्स गर्नेहरुको संख्या अघिल्लो बर्षको तुलनामा ३.९ प्रतिशतले कमि हो। यस्तो संख्या गत ३ बर्षपछि घटेको हो।

प्रतिकृया दिनुहोस्