कम्पनीका बारेमा
भोली अर्थात चैत्र ६ गतेबाट आइपिओ निष्काशन गर्न लागिरहेको सिङ्गटी हाइड्रोपावर कम्पनी लिमिटेड सन २०१० मा प्राइभेट कम्पनीका रुपमा दर्ता भएको थियो। यसलाई सन २०१८ मा पब्लिक कम्पनीका रुपमा परिवर्तन गरिएको हो। यस कम्पनीमा विभिन्न क्षेत्रबाट ब्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरु प्रमोटरका रुपमा रहेका छन्। यसले दोलखा जिल्लामा २५ मेगावाट क्षमताको सिङ्गटी खोला हाइड्रोपावर प्रोजेक्ट बनाएको छ। यो प्रोजेक्ट बुट मोडेलमा बनेको हो।
यो आयोजना सुरुमा १६ मेगावाट सन २०१७ सेप्टेम्बर १७ भित्र बनाइसक्नुपर्ने गरि नेपाल विध्युत प्राधिकरणसँग सम्झौता भएको थियो। पछि ९ मेगावाट थप गरि प्रोजेक्ट बनाइने भएपछी आयोजना सम्पन्न गर्नुपर्ने मिती जुलाइ १६ सन २०२० रहेको थियो। तर तोकिएको समयमा प्रोजेक्ट पूरा हुन सकेन। पुरा हुन नसक्नुको मुख्य कारण प्रोजेक्ट क्षमता विस्तार रहेको थियो। पछि १६ मेगावाटको सम्पन्न गरिसक्नुपर्ने मिती थप गरि सन २०२० जुन २० पुर्याइयो भने थप ९ मेगावाटको यथावतै राखियो।
आइपिओका बारेमा
सिङ्गटी हाइड्रोपावर कम्पनीले २९ लाख कित्ता आइपिओ सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। यो आइपिओको मूल्य प्रतिकित्ता १०० रुपैया रहेको छ। आइपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २९ करोड रुपैयाँले बृध्दि हुन्छ।
कम्पनीले चैत्र ६ गतेबाट बिक्री खुल्ला गर्न लागेको २९ लाख कित्तामध्ये ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता म्युचुअल फण्डहरुलाई छुट्याएको छ भने २ प्रतिशतले हुन आउने ५८ हजार कित्ता सेयर भने यसै कम्पनीमा काम गर्ने कामदारहरुका लागि छुट्याइएको छ। बाँकी २६ लाख ९७ हजार कित्ता सेयर सर्बसाधारणलाई बाँडफाँड गरिनेछ। यस कम्पनीको आइपिओ छिटोमा चैत्र १० गते बन्द हुनेछ भने निर्धारित समयभित्र पुरा नबिकेको खण्डमा चैत्र २० गतेसम्म समय थप गरिनेछ।
कति कित्ता भर्दा बेस?
अहिलेको स्थितिमा हेर्दा लगानीकर्ताहरुमा आइपिओ प्रति उच्च आकर्षण भएको कारण यस कम्पनीमा पनि उच्च आवेदन पर्न सक्ने अनुमान सजिलै लगाउन सकिन्छ। अहिले लगभग सबैजसो कम्पनीको सेयर दोश्रो बजारमा लागत भन्दा बढि नै मूल्यमा कारोबार भइरहेकाले गर्दा पनि यो आइपिओ ओभरससक्राइब हुन सक्छ। त्यसैले २ लाख ६९ हजार ७ सयजनाले मात्र १० कित्ताका दरले सेयर पाउने सम्भावना उच्च भएकाले १० कित्ताका लागि आवेदन गर्नु ठिक हुन सक्दछ।
प्रतिकृया दिनुहोस्