Friday, June 25

कोरियामा नयाँ रेमिट्यान्स JRF (Japan Remit Finance) को सेवा सुचारु

March 19, 2021 462

दक्षिण कोरियामा रहेका विभिन्न रेमिटेन्स कम्पनीहरुका बिचमा अर्को एक नयाँ कम्पनी थपिएको छ। विगत ८ बर्ष देखि जापानबाट सेवा सुरु गर्दै विश्वको विभिन्न मुलुक जस्तै इटालि , मलेसिया , फिलिपिन्स , भेतनाम, हङकङमा कार्यालय रहि यहि मिती २०२१ मार्च १७ तारिखबाट कोरियामा पनि आफ्नो औपचारिक रुपमा कारोबार सुरु गरेको छ। विश्वभर २ लाख भन्दा धेरै ग्राहकहरुले JRF को सेवा लिई सकेका छन्। JRF को प्रधान कार्यालय गाङनाममा रहेको छ भने पहिलो शाखा कार्यालय आन्सानमा अवस्थित छ।

स्थापनाको सुरुवातमा नेपाल, श्रीलङ्का, भेतनाम, फिलिपिन्सका लागि सेवा रहेतापनी चाडैनै थुप्रै देशहरुमा सेवा बिस्तार गर्ने योजना रहेको नेपालका लागी कन्ट्री म्यानेजर बाला के. सि. ले जानकारी गराउनु भयो। उहाले, अहिलेको रेमिट्यान्स बजार प्रतिष्पर्धा तथा कोभिड १९ को विषम परिबेशमा सेवा सुचारु गर्दा थुप्रै चु’नौतीहरु रहेता पनि आफ्नो समुहले गुण्स्तरिय सेवा दिइ ग्राहकहरुको मन जित्ने कोसिस गरिरहने जानकारी दिनुभएको छ। उहाका अनुसार ग्राहकहरुले JRF को पहिलो करोबार नि:शुल्क गर्न सक्ने छन् भने प्रत्येक १ जना नयाँ साथीलाई दर्ता गराइ कारोबार गराए बापत पनि १ कुपन प्राप्त गर्नेछन्। JRF को सम्पूर्ण सेवा अनलाईनबाट JRF KOREA एप मार्फत लिन सकिने छ।

प्रतिकृया दिनुहोस्