Monday, September 26

विदेशी बिवाह गर्ने कोरियनहरुको संख्या बढ्दो

March 19, 2021 1041

दक्षिण कोरियामा विदेशीसँग विवाह गर्नेहरुको संख्या अहिले बढ्दो गतिमा रहेको छ। गत एक दशकको मध्यतिर यस्तो संख्यामा केहि कमि आएतापनि अहिले फेरि बढिरहेको पाइएको छ। कोरियामा विवाहका लागि खासगरी केटीमान्छेहरु पाउन मु’श्किल हुन थालेपछि विदेशी महिलाहरुसँग विवाह गर्ने कोरियन पुरुषहरु धेरै रहेका छन्।

कोरिया सरकारको तथ्याङ्कअनुसार सन २०१६ मा विदेशीसँग गरिएको विवाह संख्या २० हजार ५ सय ९१ रहेको थियो। यो संख्या सन २००५ भन्दा घटेको हो। सन २००५ मा विदेशीसँग ४२ हजार ३ सय ५६ जना कोरियनको विवाह भएको थियो। यो संख्या विस्तारै बढ्दै गएर सन २०१९ मा २३ हजार ६ सय ४३ पुग्यो। कोरियामा कुल बिबाह गर्नेहरुको संख्या घट्दै गएतापनि विदेशी नागरिकसँग विवाह गर्नेहरुको संख्याभने बढ्दै गइरहेको छ।

केहि बर्ष पहिले कोरियाको गाउँ क्षेत्रका पुरुषको विवाह हुने सम्भावना कम हुन्थ्यो किनभे उनिहरुका लागि आफ्ना जोडी भेट्न मुश्किल हुने गर्थ्यो। यसकारण उनिहरु विदेशीसँग विवाह गर्ने गर्दथे। तर आजकाल विदेशमा काम गर्न जाँदा वा पढ्न जाँदा विदेशीसँग बिवाह गर्ने कोरियनहरुको संख्या पनि बढ्दो छ। विदेशीसँग विवाह गर्ने ट्रेण्ड अब गाउँ क्षेत्रबाट शहरी क्षेत्रमा समेत फैलिएको छ।

यसैगरी कोरियनहरुले बिभिन्न देशका नागरिकसँग विवाह गरेको पाइएको छ। सन २००९ मा ११ हजार ३ सय ६४ जना कोरियन पुरुषले चिनियाँ महिलासँग विवाह गरेका थिए। यो संख्या त्यस बर्ष विदेशीहरुसँग विवाह गरेका पुरुषहरुको संख्याको ४५ प्रतिशत हो। भियतनामी महिलासँग विवाह गर्ने पुरुष २९ प्रतिशत रहेका थिए। तर सन २०१९ मा भियतनामी महिलाहरुसँग विवाह गर्ने कोरियन पुरुषको संख्या ६ हजार ७ सय १२ थियो। यो संख्या ३८ प्रतिशत हो। सन २०१९ मा चिनियाँ महिलासँग विवाह गर्ने कोरियन मात्र २१ प्रतिशत थियो। त्यसैगरी अमेरीकी महिलासँग विवाह गर्ने कोरियन १२ प्रतिशत थिए।

महिलातर्फ सन २००९ मा ३२ प्रतिशत कोरियन महिलाहरले चिनियाँ पुरुषसँग विवाह गरेका थिए। ३० प्रतिशतले जापानी पुरुषसँग तथा १६ प्रतिशतले अमेरिकन पुरुषसँग विवाह गरेका थिए। तर सन २०१९ मा आइपुग्दा ३८ प्रतिशत कोरियन महिलाहरुले विभिन्न देशका पुरुष सँग विवाह गरे भने २५ प्रतिशतले अमेरिकनसँग विवाह गरे भने २३ प्रतिशतले चिनियाँसँग विवाह गरे।

प्रतिकृया दिनुहोस्