Monday, September 27

सिङ्गटी हाइड्रोमा पहिलो दिनै मागभन्दा बढि आवेदन, हेरौं कतिले भरेछन् त

March 19, 2021 626

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले आज अर्थात चैत्र ६ गतेबाट सर्वसाधारणका लागि आइपिओ खुलाएको छ। यो आइपिओ चैत्र १० गतेसम्म खुल्ला रहनेछ। तर चैत्र १० गतेसम्म माग गरे बमोजिमको आवेदन नपरेको खण्डमा भने आवेदन मिती थप गरि चैत्र २० गतेसम्म लम्याउने सकिनेछ। तर पहिलो दिनमै मागभन्दा बढि आवेदन परिसकेकाले गर्दा अब चैत्र १० गते यो आइपिओको आवेदन बन्द हुनेछ।

सिङ्गटी हाइड्रोपावर कम्पनीले २९ लाख कित्ता आइपिओ सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। यो आइपिओको मूल्य प्रतिकित्ता १०० रुपैया रहेको छ। आइपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २९ करोड रुपैयाँले बृध्दि हुन्छ। कम्पनीले चैत्र ६ गतेबाट बिक्री खुल्ला गर्न लागेको २९ लाख कित्तामध्ये ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता म्युचुअल फण्डहरुलाई छुट्याएको छ भने २ प्रतिशतले हुन आउने ५८ हजार कित्ता सेयर भने यसै कम्पनीमा काम गर्ने कामदारहरुका लागि छुट्याइएको छ। बाँकी २६ लाख ९७ हजार कित्ता सेयर सर्बसाधारणलाई बाँडफाँड गरिनेछ।

यस कम्पनीको आइपिओ निष्काशन कर्ता तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ। कम्पनीले कुल ४३ लाख ५० हजार कित्ता आइपिओ निष्काशन गर्न लागेको हो। जसमा १४ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानियलाई यस अघि नै बिक्री भइसकेको छ। बाँकी सेयरभने दोश्रो चरणमा अहिले सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो।

सिडिएससीका अनुसार आज साँज ५ बजेसम्ममा सिङ्गटी हाइड्रो इनर्जि लिमिटेडको आइपिओमा २ लाख ४२ हजार ८ सय ६१ जनाले आवेदन गरिसकेका छन्। उनिहरुबाट ४० लाख ८३ हजार ५ सय ४० कित्ताका लागि आवेदन परेको हो। यो डाटाअनुसार यो आइपिओ मागभन्दा १.५ गुणाले ओभरसस्क्राइब भइसकेको छ। त्यसैले अब भर्न बाँकी लगानीकर्ताले १० कित्ताका लागि आवेदन गर्नु उचित हुनेछ किनभने यसको आइपिओ बाँडफाड गोलाप्रथाबाट हुने पक्कापक्की भइसकेको छ।

प्रतिकृया दिनुहोस्