Thursday, June 30

कलेजका साथीहरुसँग नायिका करिश्मा मानन्धरको यस्तो गफगाफ (भिडियो)

March 20, 2021 1082

नेपाली चलचित्रकी सफल नायिक करिश्मा मानन्धरले धेरै पछि आफ्नो पढाइलाई पुन निरन्तरता दिइन। उनले केहि समय अघि एसइइ परीक्षा उत्तिर्ण गरि आफ्नो घर पायक पर्ने कलेजमा भर्ना भइन। उनि गोदावरी नगरपालीमा रहेको किटीनी उच्च माध्यामिक विध्यालयमा पढ्छिन। करिश्माको जन्मस्थान पनि यहि क्षेत्रमा पर्दछ।

करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा अध्ययन गरी यसै वर्ष एसईई उत्तीर्ण गरेकी हुन्। राजनीतिमा समेत लागेकी उनले अध्ययनलाई पनि निरन्तरता दिदै आएकी छिन। किटिनी उच्च माविमा उनको आगमनको सूचनासँगै विद्यार्थीहरु उत्साही भएका थिए।

गोदावरी नगरपालिकामा पर्ने किटिनी कलेजमा स्तानकसम्म अध्यापन हुने गरेको छ। कलेजको पहिरनमा चिटिक्क परेर नियमित जाने आउने गर्छिन्। आफूहरुसँग लोकप्रीय नायिका पढ्न आएपछि विद्यार्थीहरु पनि उत्साही छन्।

करिश्माले टौखेलमै घर बनाएकी छिन्। बिनोद मानन्धरसँग विवाह गरेपछि जग्गा खरिद गरी घर निर्माण गरिएको दुई दशक बितिसकेको छ। घर टौखेलको चोकमै छ। त्यहाँ करिश्मा विगत देखि नै आवतजावत गर्थिन् ।

उनी राजनीतिमा लाग्दा कम पढेको भनी खिसी गरेपछि इशालु भएकी हुन्। उनले पीएचडी गर्ने धोकोका साथ कलेज पुगेकी हुन्। कलेजको खाली समयमा उनि आफ्ना साथिहरुसँग यसरी रमाइलो गर्दछिन।

प्रतिकृया दिनुहोस्