Tuesday, June 22

नेपालमा भयो पहिलो रकेट परीक्षण (भिडियो सहित)

March 20, 2021 520

नेपाली विद्यार्थीले तयार पारेकाे ‘गरुडा’ नामको रकेट आज धनुषाको भिमानमा प्रक्षेपण परीक्षण गरिएकाे छ । केही बेरअघि भएको प्रक्षेपणमा रकेट १० सेकेन्डसम्म आकाशमा उडेको थियो ।

करिब डेढ सय मिटर आकाशमा उडेपछि हावाकाे बहावका कारण रकेट ‘क्र्या’स’ हुन पुगेको छ । याे रकेट १० हजार फिटमाथि पुग्ने अनुमान गरिएकाे थियाे । निर्माण टाेलीले नेपाली से’नासँगकाे सहकार्यमा एक महिनापछि पुनः रकेट प्रक्षेपण गर्ने योजना ल्याएको छ।

१० सेकेन्डमै क्र्या’स भयो । हावाकाे बहावका कारण रकेटले ‘पिक गेन’ गर्न सकेन । आजको अनुभवले हामीलाई धेरै सिकाएको छ । पुनः एक महिनापछि प्रक्षेपण परीक्षण गर्ने योजना ल्याएका छौं,’ टिम मेम्बर माेहन तामाङले टेकपानासँगकाे कुराकानीमा भने ।

स्पेसपोर्ट अमेरिका कप–२०२१’ मा पहिलोपटक सहभागिताका लागि विद्यार्थीले रकेट परीक्षण गरेका हुन् । एक्सपेरिमेन्टल साउन्डिङ रकेट एसोसिएसन (ईएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा ओपन रकेट्री एन्ड स्पेस सोसाइटी (ओआरएएसएस नेपाल) ले प्रतिस्पर्धा गर्दै छ । टेकपानाबाट साभार।

प्रतिकृया दिनुहोस्