Tuesday, June 22

टोकियो ओलम्पिकमा बिदेशी दर्शकलाई प्रवेश नदिने आधिकारिक घोषणा

March 21, 2021 256

टोकियो जापान। अबको ४ महिनापछि जापानमा हुने टोकियो ओलम्पिक्समा बिदेशी दर्शक सहभागी हुन नपाउने भएका छन्। शनिवार भएको अन्तराष्ट्रिय ओलम्पिक कमिटी, जापान सरकार, टोकियो सरकार, अन्तराष्ट्रिय पाराओलम्पिक कमिटी र स्थानिय आयोजकहरुको अनलाइन मिटिङले आधिकारिक रुपमा यस्तो निर्णय गरेको हो।

को’रोनाका कारण विदेशबाट आउनेहरुलाई खेल हेर्न प्रवेस दिनु धेरै जो’खिम हुने अधिकारीहरुले बताएका छन्। जापानी नागरिकहरुले समेत बिदेशबाट समर्थकहरुलाई आउन दिन नहुने धारणा ब्यक्त गरिरहेको पाइएको छ। बिभिन्न सर्भे रिपोर्टका अनुसार जापानका ८० प्रतिशत नागरिकले यो स्थितीमा ओलम्पिक आयोजना नै गर्न नहुने राय ब्यक्त गरेका छन भने त्यति नै प्रतिशतले बिदेशी दर्शकलाई प्रवेश दिन नहुने धारणा राखेका छन्।

जापानले यो ओलम्पिक आयोजना गर्नका लागि १५.४ बिलियन अमेरिकन डलर खर्च गर्दैछ। बिभिन्न सरकारी अडिट रिपोर्टहरुले खर्च अझ दोब्बर हुन सक्ने आँकलन गरिरहेका छन्। अक्सफोर्ड युनिभर्सिटीको एक अध्यनले टोकियो ओलम्पिक अहिलेसम्मकै सबैधन्दा महङ्गो ओलम्पिक हुन सक्ने प्रक्षेपण गरेको छ।

आयोजक कमिटीले जापानमा ४४ लाख ५० हजार टिकट बिक्री गरिसकेको छ। आयोजकले अर्को महिना रंगशालाको क्षमता र त्यहाँ आउन पाउने नागरिकको संख्या घोषणा गर्नेछ। बिहिबारबाट ओलम्पिक टर्च र्याली जापानको फुकुसिमाबाट सुरु भइसकेको छ। यो र्याली १२१ दिनसम्म चल्नेछ। यसमा १० हजार धावकहरु सहभागी हुदैछन्। जुलाइ २३ मा टोकियोको नेशनल स्टेडियममा ओपनिङ कार्यक्रम हुनेछ।

प्रतिकृया दिनुहोस्