Thursday, June 24

कोरियामा ६५ बर्ष माथिकालाई यहि हप्ताबाट को’रोना खोप लगाइने

March 21, 2021 282

दक्षिण कोरियाले यहि हप्ताबाट ६५ बर्षमाथिका बृध्द बृध्दालाई कोरोना बि’रुध्दको खोप लगाउने भएको छ। नर्सिङ होममा रहेका ६५ बर्षमाथिका बि’रामी तथा कामदार, केयर हस्पिटलमा रहेका ६५ बर्ष माथिका दी’र्घरो’गीहरु सबैलाई खोप लगाइने भएको छ।

यहि मंगलबार बाट खोप लगाइने कोरियाली स्वास्थ अधिकारीहरुले बताएका छन्। यस कार्यक्रमबाट ३ लाख ७० हजार जना लाभान्वित हुनेछन्। उनिहरुलाई एष्ट्राजेनेका कम्पनीले उत्पादन गरेको खोपको पहिलो डोज लाइनेछ। उनिहरुले यो खोपको दोश्रो डोज भने जुन महिनाको पहिलो हप्ता पाउनेछन्।

दक्षिण कोरियाले फेब्रुअरीको अन्तिम हप्ताबाट देशभर खोप अभियान संचालन गरिरहेको छ। कोरियाले पहिलो चरणमा बु’ढापाका तथा स्वास्थ क्षेत्रमा काम गर्ने कामदारहरुका लागि खोप लगाउने योजना बनाएपनि ६५ बर्षभन्दा बढि उमेर भएकामा यस खोपको प्रभावकारीता माथि प्रश्न उठेपछि तत्कालका लागि ६५ बर्ष माथिकालाई खोप कार्यक्रम स्थगि’त गरेको थियो।

तर पछिल्लो समय ६५ बर्ष माथिका लाइ पनि यो खोप प्रभावकारी देखिएपछि कोरियाले उनिहरुलाई पनि खोप लगाउने बताएको हो। दोश्रो चरणमा कोरियाले ६५ बर्ष माथिका सबै नागरिक, बिध्यालयका शिक्षक, प्रह’री कर्मचारीहरु तथा अग्नि नि’यन्त्रकहरुलाई यो खोप लगाउनेछ।

यहि बर्षको सेप्टेम्बर महिनासम्ममा ७० प्रतिशतलाई खोप लगाइसक्ने कोरियाले लक्ष्य राखेको छ। नोभेम्बर महिनासम्ममा सबै नागरिकलाई खोप लगाइसक्ने उसको लक्ष्य रहेको छ। कोरियाका राष्ट्रपति मुन जे इन तथा प्रथम महिला किम जङ सुक ले पनि एष्ट्राजेनेका कम्पनीकै को’रोना खोप यहि मंगलबार लगाउने कार्यक्रम रहेको छ। उनिहरु जि ७ को समिटमा सहभागी हुन बेलायत जानुअघि यो खोप लगाउन लागेका हुन।

प्रतिकृया दिनुहोस्