Saturday, September 25

कोरियाको निर्यात १२.५ प्रतिशतले बढ्यो

March 22, 2021 567

दक्षिण कोरियाले म’हामारीका बिचमा पनि निर्यात बढाउन सफल भएको छ। मार्च महिनाको पहिलो २० दिनमा निर्यात १२.५ प्रतिशतले बढेको हो। मुख्यगरी कम्प्युटर चिप्स तथा अटो सम्बन्धी सामानहरुको निर्यात बढेपछि समग्र निर्यात बढेको कोरियाको भन्सारबाट प्राप्त तथ्याङ्कमा देखिएको छ।

मार्च महिनाको पहिलो २० दिनमा कोरियाको कुल निर्यात ३३.९ बिलियन अमेरिकन डलर रहेको छ। यस्तो निर्यात अघिल्लो बर्ष ३०.१ बिलियन अमेरिकन डलरमात्र रहेको थियो। त्यसैगरी यस अवधिमा आयात १६.३ प्रतिशतले बढेर ३३ बिलियन अमेरिकी डलर पुगेको छ। यसरी हेर्दा कोरियाको यस अबधिको ब्यापार नाफा ८ सय २० मिलियन डलर रहेको देखिन्छ।

कोरियाको मुख्य निर्यात सामाग्री मेमेरी चिप्सको निर्यात १३.६ प्रतिशतले बढेको छ। त्यसैगरी सेमिकण्डक्टरको कोरियाको कुल निर्यातको २० प्रतिशत रहेको छ। कोरिया विश्वकै सबैभन्दा ठूलो मेमोरी चिप बनाउने कम्पनी सामसङ इलेक्ट्रोनिक्सको होम कन्ट्री हो। त्यसैगरी यसकै स्थानिय प्रतिद्व’न्दि एसके हाइनिक्स पनि कोरियाकै कम्पनी हो।

कोरियाबाट निर्यात हुने अटोमोबाइल्स सामान पनि १३ प्रतिशतले बढेको छ। यसका साथै पेट्रोलियम पदार्थको निर्यात पनि १२.४ प्रतिशतले बढेको देखिन्छ। निर्यात गरिएको देशमा कोरियाको सबैभन्दा ठूलो निर्यात चीनमा हुने गरेको देखिएको छ। चिनमा बस्तु निर्यात करिब २४ प्रतिशतले बढेको छ। अमेरीका निर्यात हुने बस्तु करिब ८ प्रतिशतले बढेको छ।

गाडी तथा सेमिकण्डक्टर सामानको निर्यातमा आएको बृध्दिका कारण दक्षिण कोरियाको अर्थतन्त्र म’हामारी पछि लयमा फर्कने ट्रयाकमा रहेको देखिन्छ। कोरियाको निर्यात जुन अर्थतन्त्रको आधा हिस्सा हो यो फेब्रुअरी महिनामा समेत ९.५ प्रतिशतले बढेको थियो।

प्रतिकृया दिनुहोस्