Friday, June 25

बुटवल पावर कम्पनीको बोनस सेयर सूचिकृत, केहि दिनमा डिम्याट खातामा आउने

March 22, 2021 301

आज नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा बुटवल पावर कम्पनी लिमिटेड (BPCL) को बोनस सेयर सूचिकृत भएको छ। यो बोनस सेयर आर्थिक बर्ष ०७६/७७ को हो। आर्थिक बर्ष ०७६/७७ मा बुटवल पावर कम्पनी लिमिटेडले १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांस बाँढेको थियो।

आज सोमबार उक्त १० प्रतिशतले हुन आउने २६ लाख ७४ हजार ७ सय ८७ कित्ता बोनस सेयर सूचिकरण भएको हो। सूचिकरणको काम सकिएपछि अबको केहि दिनमा लगानीकर्ताको डि म्याट खातामा सेयर जम्मा हुनेछ। डि म्याट खातामा जम्मा भएपछि सेयर खरिद बिक्री गर्न सकिनेछ।

प्रतिकृया दिनुहोस्