Friday, June 25

कोरियाबाट फर्केपछि भोजपुरका अमरले खोले चस्मा पसल, कोरियाबाट फर्केकालाई भारी छुट

March 24, 2021 504

मेहनत गर्ने बानीको विकास गरि स्वदेशमै पसिना बगाउन तयार हुने हो भने विदेशी भूमीमा टेक्न रहर गर्नुपर्दैन। आफ्नै देशमा पसिना बगाउन तयार भएका युवाहरु आफ्नै माटोमा कोरिया जत्तिकै कमाउन सकिन्छ भन्ने उदाहरणहरु थुप्रै रहेका छन्। त्यस मध्येका एक हुन भोजपुर होमताङ घर भउका अमर सिंह बस्नेत।

लाखौं नेपाली युवाहरुले  बोक्ने सपना जस्तै कोरिया गइ पैसा कमाउने सपना बोकेका अमरले सन २०१५ मा कोरिया जानका लागि भाषा परीक्षा दिए। कडा मेहनत गरि तयारी गरेका उनले परीक्षा पनि पास गरिहाले। नभन्दै भिजा आयो उनि उडे कोरिया। ५ बर्ष कोरियाका बिभिन्न कम्पनीमा काम गरे। तर काम गर्दै जाँदा उनमा आत्मसन्तुष्टि भएन। पैसा त राम्रै कमाइ भयो तर विदेशी भूमीमा पसिना बगाउनु पर्दा सन्तुष्टि भने पक्कै थिएन। काम गर्दा गर्दै उनले अब नेपाल फर्केपछि आफ्नै देशमा केहि गर्नुपर्छ भन्ने अठोट लिए।

कोरियाको ५ बर्षको बसाईपछि उनि नेपाल फर्के। नेपालमै ब्यवसाय गर्ने लक्ष्यका साथ करिब १५ लाख लगानी गरी सुन्धाराको गनाबहालमा रहेको अरनिको कम्प्लेक्समा उनले खोले चस्मा पसल। ‘स्पेक हब’ नाम राखि ब्यवसाय सुरु गरेका उनले अहिले राम्रो ब्यापार गरिरहेका छन्। ग्राहकहरुका लागि सबै किसिमका चस्मा पाइने उनको स्पेक हबमा अझ कोरियाबाट फर्केकाहरुका लागि भारी छुट सहित बिशेष अफर पनि रहेको बताउँछन अमरसिङ बस्नेत। नेपालभरी डेलिभरी समेत गर्ने गरेका उनले ब्राण्डेड तथा नन ब्राण्डेड चस्मा तथा लेन्सहरु एकदम सुपथ मूल्यमा बेचिरहेका छन।

कोरियाबाट एक कार्यकाल पूरा गरि नेपाल फर्केपछि धेरैजसो युवाहरु पुन कोरिया तिरै हुँइकिन सिबिटी परीक्षा दिन धाउँछन। तर भोजपुरका अमरले भने अर्कै बाटो रोजे। आफ्नो ब्यवसायमा सन्तुष्ट रहेका उनि आफ्नै देशमा मेहनत गर्न पाउँदा अझ बढि खुशि छन्। कोरियामा रोजगारी गरि फर्किएका उनि अरु धेरै साथिहरुका लागि प्रेरणका श्रोत बन्न सक्दछन। हामी सबै कोरियामा रहेका तथा कोरियाबाट फर्केकाहरुबाट अमरलाई ब्यवसायिक सफलताको धेरै धेरै शुभकामना। उनको पसलको फेसबुक पेज यहा क्लिक गरी लाईक गर्न सक्नुहुनेछ।

प्रतिकृया दिनुहोस्