Thursday, June 24

गत जनवरीमा कोरियामा अहिलेसम्मकै सबैभन्दा कम बच्चा जन्मे

March 25, 2021 325

दक्षिण कोरियामा गत जनवरी महिनामा अहिलेसम्मकै सबैभन्दा कम बच्चा जन्मिएको तथ्याङ्कले देखाएको छ। केहि समयदेखि कोरियाले कम जन्मदरको सम’स्या भोग्दै आइरहेको छ। जनवरी महिना भरीमा कोरियामा कुल २५ हजार ३ जना वच्चाको जन्म भएको छ। यो संख्या अघिल्लो बर्षको जनवरीको भन्दा ६.३ प्रतिशतले कम हो।

यो जनवरी महिनाको जन्मदर सन १९८१ पछिकै सबैभन्दा कम रहेको तथ्याङ्कले देखाएको छ। कोरियाले सन १०८१ पछि जन्मदरसम्बन्धि डाटा संकलन गर्न सुरु गरेको हो। युवा पुस्ताले ढिलो बिवाह गर्ने तथा विवाह नै नगर्ने चलन बढेपछि कोरियाले कम जन्मदरको सम’स्या भोगिरहेको छ। आर्थिक म’न्दिका कारण युवाहरुमा विवाह गर्ने तथा बच्चा जन्माउने रुचि कम हुँदै गइरहेको छ।

कोरियाको कुल प्र’जननदर अर्थात एक महिलाले आफ्नो जिवन अवधिभर जन्माउने औषत बच्चाको संख्या गत बर्ष अहिलेसम्मकै सबैभन्दा कम ०.८४ मा झ’रेको थियो। यो प्रतिशत गत ३ बर्षदेखि घटि’रहेको तथ्याङ्कले देखाएको छ। गत ३ बर्षदेखि कुल प्रजननदर १ प्रतिशतभन्दा तल नै रहेको छ।

कोरियामा गत जनवरीमा कुल मृ’त्यु संख्या २७ हजार १ सय ८१ रह्यो। यो संख्या गत बर्षको जनवरी महिनाको भन्दा ४.३ प्रतिशतले कम हो। यसरी हेर्दा जनवरी महिनामा मात्र कोरियाको जनसंख्या २ हजार १ सय ७७ ले घ’ पुग्यो। गत १५ महिनादेखि कोरियाको जनसंख्या घटि’रहेको छ।

कोरियामा गत बर्षदेखि प्रा’कृतिक रुपमा जनसंख्या घ’ट्न थालेको हो। गतबर्षदेखि जन्मभन्दा मृ’त्यु हुनेको संख्या बढि हुने गरेपछि यस्तो अवस्था आएको हो। कम जन्मदर तथा उच्च बु’ढ्यौलीपनले कोरियालाई अहिले नरा’म्रोसँग सता’इरहेको छ। त्यसैगरी जनवरीको तथ्याङ्कमा विवाह गर्नेहरुको संख्या पनि घटे’को देखिएको छ। विवाह गर्नेहरुको संख्या जनवरीमा १६ हजार २ सय ८० रहेको थियो। यस्तो संख्या अघिल्लो बर्षको जनवरीभन्दा १७.९ प्रतिशतले घ’टेको हो।

प्रतिकृया दिनुहोस्