Tuesday, June 22

किर्गिस्तान वि’रुध्द नेपालको राम्रो सुरुवात, हेरौं लाईभ भिडियो

March 25, 2021 367

काठमाण्डौको दशरथ रंगाशालामा नेपाल र किर्गिस्थानको अण्डर २३ टिमबिच अहिले खेल भइरहेको छ। काठमाण्डौमा जारी थ्रि नेशन्स कप त्रिदेशीय फुटबलमा नेपालको पहिलो खेल हो।

किर्गिस्थानको ओलम्पिक टिमसँग नेपालले खेलिरहेको छ। यस खेलमा नेपाली टीमका तर्फबाट सन्जोग राइ र त्रिदेश गुरुङले राष्ट्रिय टिममा डेब्यु गरेका छन्।

यो प्रतियोगिता चैत्र १६ गतेसम्म सन्चालन हुनेछ। लिगको अन्तिम खेलमा नेपालले चैत्र १४ गते बंगलादेशको टीमसँग भिड्नेछ। अंक तालिकामा पहिला हुने २ टीम फाईनलमा प्रवेश गर्नेछन। चैत्र १६ गते फाइनल खेल काठमाण्डौ स्थित दशरथ रंगाशालामा हुनेछ।

प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन्।

थ्री नेसन्स कपका लागि नेपाली टिम

गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), विकेश कुथु, दीप कार्की
डिफेन्डर : रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ
मिडफिल्डर : त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, संजोग राई, विशाल राई, सुनील बल, रविशंकर पासवान
फरवार्ड : अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास

प्रतिकृया दिनुहोस्