Thursday, June 24

ज्योती लाइफ इन्स्योरेन्सको आइपिओ यसरी हेरौं

March 26, 2021 523

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ बाँडफाँड भएको छ। आईपीओ रिजल्ट सिडिएससीले मेरो शेयर बाहेक आईपीओ रिजल्ट डट सिडिएससी डट कम डट एनपि https://iporesult.cdsc.com.np बाट हेर्ने व्यवस्था गरेको छ।

आइपिओमा आवेदन गर्ने लगानीकर्ताहरुले माथि दिइएको लिंकमा गएर आईपीओ रिजल्ट हेर्न सक्नेछन्। विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नागपोखरी, काठमाडौंमा आईपीओ बाँडफाँट भएको हो।

यो कम्पनीको आईपीओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले हात पार्नेछन्। कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको हो। कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्ये ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो।

कुल कित्तामध्य ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि छुट्याइएको थियो। कम्पनीको आईपीओमा अन्तिम दिन साझ ५ बजेसम्म १८ लाख ३२ हजार ९५८ जनाको आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले बताएको छ।

यी आवेदकहरुबाट ३ करोड ८९ लाख ९६ हजार ५५० कित्ता शेयर माग भएको हो। मागभन्दा ६ दशमलव ५६ गुणा आवेदन परेको यस कम्पनीको आईपीओ १२ लाखभन्दा बढी लगानीकर्ताहरुले नपाउने भएका छन्।

जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी  २ अर्ब कायम गर्न कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेको हो । हाल ७० प्रतिशत संस्थापक तर्फबाट चुक्ता भएको पूँजी  १ अर्ब ५४ करोड रहेको कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी २ अर्ब २० करोड पुग्नेछ।

प्रतिकृया दिनुहोस्