Friday, June 25

इन्छन अन्तराष्ट्रिय विमानस्थल बनेको २० बर्ष पूरा, हेरौं सुरुवातमा कस्तो थियो

March 30, 2021 522

दक्षिण कोरियाको अ’ति व्यस्त इन्छन अन्तराष्ट्रिय विमानस्थलले हिजो अर्थात मार्च २९ मा आफ्नो स्थापनाको २० औं बर्ष पूरा गरेको छ। यो विमानस्थल उत्तर पूर्वी एसियाकै एअर हब बन्ने उदेश्यका साथ मार्च २९ सन २००१ मा खुलेको थियो।

गत बर्षदेखि को’रोना म’हामा’रीका ‘कारण केहि अ’प्ठ्यारो अवस्था भो’ग्नुपरे पनि यो एअरपोर्टले आफ्नो सुरुवाती अवस्थादेखि नै राम्रो विजनेश गर्न सफल रहेको थियो। को’रोना म’हामा’री सुरुवात हुनुअघि सम्म यो विमानस्थलले हवाई यात्रुसंख्याका आधारमा बार्षिक करिब ८ प्रतिशतको बृध्दि हासिल गरिरहेको थियो।

त्यसैगरी यो विमानस्थल दक्षिण कोरियाबाट बाहिरिने तथा भित्रिने प्रमुख स्थलका रुपमा स्थापित भैसकेको छ। सन २०१९ मा यसै विमानस्थल भएर कोरिया आउने र कोरियाबाट बाहिरिनेको संख्या ७७.६ प्रतिशत रहेको थियो।

कोरियाले सन १९९२ को नोभेम्बरमा पहिलो पटक सउल क्षेत्रमै नयाँ अन्तराष्ट्रिय विमानस्थल बनाउने योजना अघि सारेको थियो। तर पछि करिब ५ बिलियन अमेरिकन डलर खर्च गरि सन २००१ मा इन्छन एअरपोर्ट बनाईयो। यो बन्न करिब ८ बर्ष लागेको थियो।

विमानस्थल सेवा सुरु भइसकेपछि यो एअरपोर्टले पटक पटक गरी आफ्नो स्तरोन्नती गर्ने काम गरिरहेको छ। दोश्रो चरणको विमानस्थल स्तर उन्नतीको काम सन २००१ बाट २००८ सम्म भयो भने तेश्रो चरणको काम सन २००८ देखि २०१७ सम्म चल्यो।

इन्छन अन्तराष्ट्रिय विमानस्थलले आफ्नो दोश्रो टर्मिनल सन २०१७ को जनवरीबाट सुरुवात गर्यो। यो टर्मिनल बार्षिक १ करोड ८० लाख यात्रु आवत जावत गर्न सक्ने गरी बनाईएको छ। यो टर्मिनललाई अटोमेटिक र अत्याधुनिक बनाईएको छ।

सन २००२ को तुलनामा सन २०१९ मा विमानस्थलबाट हुने फ्लाईट संख्या ३.१ गुणा बृध्दि भएको छ भने हवाई यात्रु संख्या ३.४ गुणाले बढेको पाईएको छ। यो विमानस्थल अन्तराष्ट्रिय कार्गोका आधारमा विश्वकै तेश्रो ठूलो तथा हवाइयात्रु संख्याका आधारमा पाँचौ ठूलो एअरपोर्टको रुपमा स्थापित हुन सफल भएको छ।

 

 

प्रतिकृया दिनुहोस्