पटक पटक कोरियाको खानालाई आफ्नो खाना भन्दै दा’बी गर्दै आईरहेको चीनले फेरि एकपटक यसै कुरामा कोरियाको टाउको दु’खाइदिएको छ। यसपटक चीनले सामग्येथाङलाई आफ्नो खाना भएको दा’बी गरिरहेको छ। सामग्येथाङ कुखुरा र जिनसङको सुपयुक्त पुरानो खानेकुरा हो।
चीनको यस्तो दा’बीलाई कोरियाले साँस्कृतिक ह’मलाको संज्ञा दिएको छ। गुगलजस्तै चिनियाँहरुको सर्च इन्जिन वेवसाइट बाइडूमा सामग्येथाङलाई चीनको ख्वाङदोङ प्रान्तबाट सुरुवात भएको परम्परागत चिकेन सुप हो जुन पछि कोरियातिर पनि बनाउन थालिएको भनेर बर्णन गरिएको पाईएको छ। चीनबाट सुरु भई पछि कोरियाको राज परिवारले अत्यन्त मन पराएको खानाका रुपमा ब्याख्या गरिएको छ।
तर कोरियाले बाइडूमा राखिएको जानकारी ग’लत भएको बताएको छ। कोरियाको ग्रामिण विकास संस्थाले कोरियनहरुले धेरै अघि अर्थात लगभग जोसनका समयदेखि नै चिकेन सुप बनाउन थालेको बताएको छ। कोरियालाई जापानीहरुले उ’पनिवेश बनाउँदाको समयमा पनि सामग्येथाङ धनी कोरियनहरुमा प्रख्यात रहेको बताईन्छ। सन १९६० पछि यो खाना अन्य सर्वसाधारणहरुमा झनै प्रख्यात हुँदै गएको मानिन्छ।
सङसिन महिला विश्वविध्यालयका प्रोफेसर स्यो ख्योङ दुकले बाइडूलाई साम्ग्येथाङ सम्बन्धी ग’लत जानकारी सच्याउनका लागि ईमेल लेखिसकेको बताएका छन्। उनले कोरियाको इतिहासलाई तो’डमोड गर्ने काम ब’न्द गरी चीनियाँ नागरिकहरुलाई सहि जानकारी तथा सूचना प्रवाह गर्न आग्रह समेत गरेका छन्। बाइडू सर्च साईटले यस अघि पनि कोरियाको खिम्चीलाई आफ्नो खाना भएको दा’बी गरेको थियो।
केहि कोरियनहरुले यस कुरामा खासै वि’वाद गर्न आवश्यकै नरहेको किनकी यो खानेकुरा कोरियन हो भनेर विश्वले नै चिनिसकेको छ भनेका छन भने केहि कोरियनहरु चिनियाँहरुसँग रु’ष्ट छन्। चिनले पटक पटक कोरियाका खानेकुरा आफ्नो भएको दा’बी गर्दै कोरियाको टाउको दु’खाउने काम गरिरहेको छ।
प्रतिकृया दिनुहोस्