Tuesday, September 28

कोरियाले विदेश जाने सबै व्यापारीलाई को’रोना खो’प लगाउने

March 31, 2021 445

दक्षिण कोरियाले अर्को महिनाबाट ब्यापारका सिलसिलामा विदेश जाने सबै व्यापारीहरुलाई को’रोना वि’रु ध्दको खो’प लगाउने जानकारी दिएको छ। यस सम्बन्धी जानकारी कोरियाको उध्योग मन्त्रालयले बुधबार दिएको हो। अति उ’च्च को’रोना जो’खिम भएका देशमा व्यापारका लागि जानुपर्नेहरुले पहिले नै खो’पका लागि आवेदन गर्नुपर्ने र खो’प लगाएरमात्र त्यस्ता देशमा जानुपर्ने नि’यम कोरियाले लागु गर्न खोजिरहेको बताइएको छ।

कोरिया रो’ग नि’यन्त्रण तथा रो’कथाम एजेन्सीले भा’इरसको जो’खिम भएका देश तथा को’रोनाको नयाँ भेरियस’न देखा परेका देशमा जान चाहाने व्यापारीहरुलाई खो’प दिइने संकेत गरिसकेको छ। त्यसैगरी कुनै पनि देश तथा संघ संस्थामा जाँदा खो’प लगाएको सर्टिफिकेट आवश्यक पर्ने सबै कोरियन नागरिकलाई पनि को’रोना खो’प दिइने भएको छ।

कोरियाको उध्योग मन्त्रालयका अनुसार अहिलेसम्म ६ सय ३२ जना व्यापारीहरुले को’रोना खो’पका लागि निवेदन दिइसकेका छन्। मार्च १७ पछिको ८ दिनभित्र यति ब्यापारीले खो’प लगाउनका लागि आवेदन गरेका हुन। आवेदन गरेका सबै व्यापारीहरुलाई अर्को महिना खो’प दिइने छ।

अहिले दक्षिण कोरिया को’रोना भा’इरसलाई निय’न्त्रणमा राख्न प्रयासरत रहेको छ। गत हप्ता कोरियाले ६५ बर्षभन्दा माथि उमेर भएकाहरुलाई एष्ट्राजेनेका कम्पनीको खो’प लगाउन सुर गरेको थियो। त्यसैगरी गत हप्तामात्र फाइजर कम्पनीको २ लाख ५० हजार जनाका लागि पुग्ने खो’प कोरिया आइपुगेको छ। यो खो’प पनि ७५ बर्ष वा सोभन्दा माथिकालाई अहिले दिइने व्यवस्था मिलाइएको छ। गत फेब्रुअरी २६ तारिखबाट खो’प अभियान सुरु गरेको कोरियाले जुन महिनासम्ममा १ करोड २० लाख जनसंख्यालाई खो’प दिइसक्ने तथा नोभेम्बर महिनासम्मा सबैजसोले खो’प पाइसक्ने गरि अभियान चलाईरहेको छ। (Yonhap)

प्रतिकृया दिनुहोस्