Thursday, June 24

कोरियाले ‘भ्याक्सिन पासपोर्ट’ लागु गर्ने, के हो भ्याक्सिन पासपोर्ट बुझौं

April 1, 2021 804

विश्वका केहि देशहरुमा लागू भइसकेको ‘भ्याक्सिन पासपोर्ट’ को कन्सेप्ट कोरियाले पनि लागु गर्ने सोच बनाइरहेको बताइएको छ। यस सिस्टममा कुनै पनि ब्यक्तिलाई को’रोना भ्याक्सिन लगाएको डिजिटल सर्टिफिकेट प्रदान गरिन्छ। स्मार्टफोन एप्समा हेर्न मिल्ने यो डिजिटल सर्टिफिकेट भएपछि मानिसलाई विश्वभर कतै जाँदा पनि आफूले को’रोना बि’रुध्दको भ्याकसिन लगाइसकेको भन्ने प्रमाणको पुष्टि गर्दछ। यसले मानिसहरुलाई को’रोना भ्याक्सिन लगाउन उत्साहित पनि गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

दक्षिण कोरियाले पनि ‘भ्याक्सिन पासपोर्ट’ यसै महिनाभित्रबाट सुरु गर्ने गरि तयारी गरिरहेको त्यहाँका प्रधानमन्त्रीले विहिबार जानकारी दिएका छन्। “भ्याक्सिन पासपोर्ट” लागू भएपछि मानिसहरुमा सामान्य जीवनमा आफू फर्किएको महशुस हुनेछ।”  प्रधानमन्त्री छुङ से क्योनले सरकारको को’रोना रेस्पोन्स मिटिङमा भनेका छन्।

प्रधानमन्त्रीका अनुसार सरकारले ‘भ्याक्सिन पासपोर्ट’ का लागि आवश्यक सबै गृहकार्य गरिसकेको र यसै महिना लन्च गर्ने तयारी भइरहेको छ। मोबाइल फोनमा इन्सटल हुने एप मार्फत डिजिटल सर्टिफिकेट हेर्न सकिने गरि सिस्टम बनाइएको छ। यो सिस्टम ब्लकचेनमा आधारित छ जसले गर्दा ब्यक्तिको पर्शनल जानकारीहरु चो’री हुने सम्भावना निकै कम रहेको छ।

दक्षिण कोरियाले गत फेब्रुअरी २६ तारिखबाट देशभर एकसाथ खोप अभियान सन्चालन गरिरहेको छ। अहिलेसम्म कोरियामा ८ लाख ५० हजार जनाले को’रोना बिरु’ध्दको खो’प पाइसकेका छन्। कोरियाले जुन महिनाभित्रमा १ करोड २० लाख जनालाई भ्याकसिन लगाइसक्ने योजना बनाएको छ भने नोभेम्बर सम्ममा सबैजसोले भ्याकसिन पाइसक्ने गरि काम भइरहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्