दक्षिण कोरियामा १० जनामा ७ जनाभन्दा बढि मानिस को’रोना बि’रुध्दको खोप लगाउन इच्छुक रहेको एक अध्यनले देखाएको छ। शुक्रबार जानकारी गराइएको उक्त पब्लिक पोलको नतिजामा यस्तो अवस्था देखिएको हो। ‘गाल्लुप कोरिया’ नामक संस्थाले गत बुधबार र विहिवार १८ बर्षभन्दा बढि उमेरका १ हजार मानिसमा गरेको सर्भेमा ७१ प्रतिशतले कोरोना बिरुध्दको खोप लगाउन आफू इच्छुक रहेको बताएका थिए। त्यसमा पनि ५० प्रतिशतले एकदमै धेरै इच्छुक रहेको बताएका छन।
सर्भे रिपोर्टअनुसार २३ प्रतिशत मानिस भने जारी खोप अभियानमा संलग्न नहुने अर्थात खोप लगाउन अनिच्छुक रहेको बताएका छन। यसमा पनि करिब ८ प्रतिशतले भने आफूहरु कहिल्यै पनि कोरोना भ्याकसिन लाउँदै नलाउने बताएका छन। यसअघि कोरियामा खोप अभियान सुरु हुन अघि यस्तै अर्को एक संस्था ‘पोल्सटर’ ले गरेको अध्यनभन्दा अहिले भ्याकसिन लगाउन नचाहानेहरुको संख्या २ प्रतिशतले बढेको पाइएको छ।
पोलस्टरले फेब्रुअरी २३ देखि २५ सम्म अध्यन गरि नतिजा सार्वजनिक गरको थियो। उमेरअनुसार हेर्दा २० देखि ३० बर्षका युवाहरु करिब ४९ प्रतिशत खोप लगाउन उत्सुक देखिए भने बाँकि खोप नलगाउने पक्षमा देखिए। त्यसको उल्टो ६० बर्षभन्दा माथिकाहरु करिब ८२ प्रतिशत खोप लगाउन इच्छुक रहेको पाइयो।
त्यसैगरी ३ वटा प्रमुख को’रोना बि’रुध्दको खोपहरुमा अमेरिकन कम्पनी फाइजरको खोप बढि विश्वासिलो रहेको पाइयो। अध्यनमा सहभागी ६८ प्रतिशतले फाइजरको खोप लगाउन इच्छुक भएको बताए। त्यसैगरी ४९ प्रतिशतले मोडर्नाको खोप तथा ४२ प्रतिशतले एष्ट्राजेनेका कम्पनीको खोप लगाउने इच्छा व्यक्त गरे।
दक्षिण कोरियाले गत फेब्रुअरी २६ तारिखबाट देशभर खोप अभियान सुरु गरेको थियो। अहिलेसम्म कोरियामा ९ लाख १० हजारले खोप लगाइसकेका छन्। यो संख्या कोरियाको ५ करोड २० लाख जनसंख्याको १.७५ प्रतिशत मात्र हो।
प्रतिकृया दिनुहोस्