Saturday, September 25

यो सिजनमा घुम्न जान सकिने कोरियाका आकर्षक १० ठाउँहरु

April 4, 2021 1229

जब कोरियामा जाडो सकिन थाल्दछ तापक्रम क्रमश माइनसबाट प्लसतिर चढ्न थाल्दछ। कोरियाले बल्ल राहतको सास फेर्दछ। यहाँका ठाउँहरु रंगिन फूलहरुले भरिभराउ हुन थाल्दछन। बसन्त ऋतुको आगमनसँगै रंगिचङ्गी फूलहरुको वासनाले वातावरण नै मनोरम बनेको हुन्छ। यस्तो मौषममा जो कोहिलाई घुम्न निस्कन मन पर्दछ। आज यहि सिजनमा कोरियामा घुम्न जान सकिने आकर्षक १० गन्तब्यको बारेमा कुरा गर्दैछु।

Cheongsando Island (청산도)
कोरियाको छल्लानाम्दो प्रदेशमा रहेको यो आइलाण्ड प्राकृतिक मोहकताले भरिपूर्ण रहेको छ। यहाँको सामान्य गाउँले शान्त परिवेश अझ धेरै रमाइलो रहेको पाइन्छ। यो स्प्रिङ सिजनमा जो कोहिको घुम्न जाने गन्तब्यको अग्रपक्तिमै पर्ने ठाउँ हो। यस आइल्याण्डमा हरेक बर्ष अप्रिलमा ‘स्लो वाकिङ फेस्टिवल’ को आयोजना हुने गर्दछ जसमा प्रतियोगीहरुले सबैभन्दा ढिलो हिँड्नुपर्ने हुन्छ। ढिलो हिँड्दा यस आइल्याण्डको प्राकृतिक सुन्दरता अवलोकन राम्रोसँग गर्न पाउँछन भन्ने उदेश्यका साथ यस्तो प्रतियोगिता आयोजना गरिएको हो। यस ठाउँको ठेगाना : Cheongsan-myeon, Wando-gun, Jeollanam-do, South Korea


© Wando County Office / WikiCommons

Everland (에버랜드)
कोरियाकै सबैभन्दा ठूलो थिमपार्क एभरल्याण्ड बालबच्चा तथा बच्चा मन भएका जो कोहिको पहिलो रोजाइमा पर्ने गर्दछ। यहाँ रहेको जैविक विविधता, पाण्डा, फायरवर्स तथा यहाँ रहेको टि-एक्सप्रेस रोलर कोष्टर ले धेरैलाई लोभ्याउने गरेको पाइन्छ। त्यसैगरी हरेक बर्ष यहाँ गरिने Tulip Festival अझ विषेश हुने गर्दछ। यस फेस्टिवलले कोरियामा स्प्रिङ सिजन सुरु भएको संकेत गर्दछ। यहाँ रहेका विभिन्न फूलहरुको वगैचाले वातावरण नै मनमोहक बनाएको हुन्छ। स्प्रिङ सिजनभरी नै चल्ने बिभिन्न थिम परेड तथा मनोरन्जनात्मक कार्यक्रमहरुले आगन्तुकहरुलाई थप रमाइलो प्रदान गरिरहेको हुन्छ। यस ठाउँको ठेगाना : 199, Everland-ro, Pogok-eup, Cheoin-gu, Yongin-si, Gyeonggi-do, South Korea


© Walter Lim / Flickr

Gwangyang Maehwa Village (광양 매화마을)
यो ठाउँ कोरियाको छल्लानाम्दो प्रदेशमा रहेको छ। यो ठाउँमा सेमजिन नदि जिरीसान पहाडको वरपर भएर बग्दछ। यो एउटा सानो गाउँ हो जहाँ हरेक बर्ष आरुवखडाको फूलले ढपक्कै ढाक्ने गर्दछ। धेरै जसो यस्ता फूलहरु सेतो रङका हुन्छन। सेता रङका फूलहरुले गाउँलाई नै हिउँले छोपेको जस्तो देखाउँछ। यस्तो फूलको मौषमलाई उत्सव मनाउन गोङह्याङ मेह्वा फेस्टिवल हरेक बर्षको मार्च महिनामा आयोजना गरिन्छ। यो मौषममा यहाँ हरेक बर्ष करिब ५ लाख पर्यटकहरु आउने गर्दछन्। यस ठाउँको ठेगाना : 1563-1, Seomjingangmaehwa-ro, Gwangyang-si, Jeollanam-do, South Korea


© Yoong Kim

Yeouido Park (여의도공원)
मानिसहरुको भिडभाड भएतापनि सउल क्षेत्रमा पनि चेरी फूलेको उत्सव हेर्ने ठाउँहरु रहेका छन। त्यसमध्येकै हान नदिमा रहेको येविदो आइल्याण्ड एक हो। यो ठाउँ राजधानी सउलकै सबैभन्दा धेरै घुमिने ठाउँभित्र पर्दछ। हरेक बर्ष अप्रिल महिनामा यस ठाउँमा आयोजना गरिने येविदो स्प्रिङ फ्लावर फेस्टिवलले धेरैलाई आकर्षित गर्ने गरेको छ। त्यसैगरी विभिन्न परफरमेन्सहरु, चेरी फूल थिममा तयार पारिएका स्नाक्सहरु, तथा अनेकौं कार्यक्रमहरुलाई सबैलाई मोहित पार्ने गर्दछ। यो ठाउँको ठेगाना : 120, Yeouigongwon-ro, Yeongdeungpo-gu, Seoul, South Korea

© Rene Adamos / Flickr

Jinhae (진해군항제)
हरेक बर्ष करिब ३ लाख ६० हजार चेरी फूलका रूखहरु जिनहेको मिलिटरी क्षेत्रनजिक फूल्ने गर्दछन। यो ठाउँ ख्यङसाननाम्दो को छाङवन क्षेत्रमा पर्दछ। यो ठाउँ जो कोहीको स्प्रिङ ड्रिमका रुपमा रहेको पाइन्छ। जिनहे क्षेत्र नै चेरी फूल अवलोकनका लागि प्रख्यात भएतापनि मुख्यगरी आनमिङग्वे पहाड, छेवाङसान पार्क तथा येजवाछन अझ बढि प्रख्यात छ। चेरी फूल फुलेको बेला आयोजना हुने जिनहे गुनहाङजे फेस्टिवलले अझ रौनकता बढाउने काम गर्दछ। त्यसै गरि यहाँ रोयल कोरियन न्याभीहरुले १५ ‌‍औं शताव्दितिर प्रयोग गरेको जहाजको रिप्लिका चडेर घुम्न समेत पाइन्छ। यस ठाउँको ठेगाना : Tongsin-dong, Jinhae-gu, Changwon-si, Gyeongsangnam-do, South Korea


© allnosteel / Pixabay

Seopjikoji (섭지코지)
कोरियाको सबैभन्दा दक्षिणमा रहेको छेजुदो आइल्याण्ड स्प्रिङ सिजन सुरु भएपछि जो कोहि को घुम्न जाने ठाउँमा पर्दछ। छेजुदोको पूर्विय तटमा रहेको सप्जिखोजी यस क्षेत्रकै एक आकर्षक पर्यटक गन्तब्य हो। यहाँ फूल्ने रङ्गचङ्गी फूलहरु हेर्न बर्षेनी लाखौै मानिसहरु यहाँ पुग्नेगर्दछन। पहेलो फूलले ढपक्कै ढाक्ने यो ठाउँ कोरियन ड्रामाहरु छायाङ्कन हुने प्रमुख गन्तब्य हो। त्यसैगरी यो ठाउँबाट सजिलै नजिकैको छेजु फल्क भिलेज तथा उदो आइल्याण्ड समेत पुग्न सकिन्छ। यस ठाउँको ठेगाना : 107, Seopjikoji-ro, Seogwipo-si, Jeju-do, South Korea

© Korean Culture and Information Service / WikiCommons

प्रतिकृया दिनुहोस्