Monday, September 27

कोरियामा कृषिजन्य सामाग्रीको निर्यात अहिलेसम्मकै उच्च

April 4, 2021 637

यो बर्षको पहिलो तिन महिनामा दक्षिण कोरियाको कृषिजन्य पदार्थको निर्यात अहिलेसम्मकै सबैभन्दा उच्च रहेको पाइएको छ। आइतवार प्रकाशित तथ्याङ्कअनुसार खिम्चि तथा अन्य खानेकुराको माग अन्तराष्ट्रिय बजारमा उच्च भएपछि कोरियाको निर्यात बढेको हो।

कोरियाको कृषि तथा खाध्यान्न मन्त्रालयका अनुसार चालु बर्षको पहिलो ३ महिनामा कोरियाले १.९८ बिलियन अमेरिकन डलर बराबरको कृषिजन्य पदार्थ विदेश निर्यात गरेको छ। यो निर्यात गत बर्षको यसै अवधिको भन्दा १३.७ प्रतिशतले धेरै हो। निर्यातमा फ्रेस खानेकुराको मात्रा खासै बढेको नभएपनि प्रोसेसिङ गरिएका खानेकुराको निर्यात भने उल्लेख्य बढेको छ।

कोरियाको परम्परागत खानेकुरा खिम्ची जुन बन्दा, नुन तथा धुलो खुर्सानी प्रयोग गरि बनाइन्छ यसको निर्यात ह्वात्तै बढेको पाइएको छ। खिम्चीको निर्यात गत बर्षको यसै अवधिको तुलनामा ५४.४ प्रतिशतले बृध्दि भइ ४७ मिलियन अमेरीकन डलर बराबरको निर्यात भएको छ।

त्यसैगरी जिनसङसँग सम्बन्धित प्रोडक्टहरु जुन कोरियामा स्वास्थबर्धक खानेकुराका रुपमा लिने गरिन्छ यसको निर्यात पनि बढेर २३० मिलियन अमेरिकन डलर पुगेको छ। को’रोना म’हामारीका बिचमा स्वास्थबर्धक खानेकुराको माग उच्च भएकाले यसको निर्यात बढेको हुनसक्ने अनुमान गर्न सकिन्छ। चामलको प्रयोगबाट बनेका विभिन्न किसिमका खानेकुराहरुको निर्यात पनि १४.७ प्रतिशतले बृध्दि भइ १.६२ बिलियन डलर पुगेको छ। चाउचाउजन्य पदार्थको निर्यात पनि १८.९ प्रतिशतले बृध्दि भइ १५७ मिलियन डलर पुगेको डाटाले देखाएको छ।

देशका आधारमा हेर्दा अमेरिकामा भएको निर्यात २१.३ प्रतिशतले बढेको पाइएको छ। राम्यन, खिम्ची तथा चामलबाट बनेका परिकारहरुको माग उच्च भएपछी कोरियाले चालु बर्षको तिन महिनामै अमेरिकामा ३१७ मिलियन डलरको यि खानेकुरा निर्यात गरेको छ। त्यसैगरी दक्षिण पूर्वि एशिया तथा भारतमा कोरियाको निर्यात २४ प्रतिशतले बढेर ४५७ मिलियन डलर पुगेको छ। योनहाप न्युजमा प्रकाशित समाचारमा आधारमा लेखिएको।

प्रतिकृया दिनुहोस्