कोरो’ना भा’इरस म’हा’मा रीका कारण अहिले धेरै बिवाह हुनेवाला जोडीहरुले अहिले विदेशभन्दा कोरिया भित्रकै ठाउँहरु हनि’मुनका लागि रोजिरहेका छन। अन्य देशहरुमा जानका लागि अहिले को’रोना जो’खिमका कारण गा ह्रो भएकाले स्वेदेशकै ठाउँहरु उनिहरुको रोजाइमा परेका हुन।
कोरियाकै प्रमुख पर्यटकिय स्थल छेजुदो धेरै स्वदेशी तथा विदेशीहरुको छुट्टी मनाउने तथा ह’निमुनका लागि पहिलो रोजाईमा पर्ने गरेको पाइन्छ। तर ग्लोबल होटल सर्च इन्जिन होटल कम्बाइनको कोरिया युनिटले अरु ३ नयाँ ठाउँहरु ह’निमुनका लागि छनौट गरेको छ। कम्पनीले गत बर्ष सर्च गरिएको डाटाका आधारमा यि ठायँहरु छनौट गरेको हो। यि ठाउँहरुले छेजुदोको विकल्प दिन सक्ने विश्वास गरिएको छ।
गजेदो (거제도)
यो ठाउँ प्राकृतिक सुन्दरताका लागि प्रख्यात छ। दक्षिण ख्यङसाङ प्रदेशमा रहेको यो आइल्याण्ड एउटा प्रमुख पर्यटकिय गन्तब्य हो। यो ठाउँमा जाने जोडीहरु समुन्द्र किनारको व्यवस्थित रोडमा हिँड्न सक्दछन। हाकदोङदेखि वाहेवन विचसम्मको १७.३ किलोमिटरको सिन अत्यन्त सुन्दर रहेको पाइन्छ। समुन्द्र किनाराको मनोरम दृष्याअवलोकन गर्दै सामुन्द्रिक बालुवामा समेत रमाउन सकिन्छ।
यहाँ रहेको बोटानिकल पार्क ‘ओएदो बोटानिया’ पनि एक प्रसिध्द घुम्ने स्थान हो। यहाँबाट जङ्गल र समुन्द्रको सिनमा फोटो खिच्न सकिनेछ। यहाँ रहेका स्थानिय होटलका साथसाथै ‘सोनो काल्म गजे’ होटलले धेरैको ध्यान आकर्षित गर्दछ। यो होटलको इन्टेरियर डिजाइन तथा कोठाहरुको डिजाइन अत्यन्तै मनमोहक रहेको छ। यसभित्र रहेको वाटर पार्क ‘ओसन बे’, साउना र रेष्टुरेन्टले पर्यटकहरुलाई थप रमाइलो प्रदान गर्दछ।
येसु (여수)
कोरियाको छल्लानाम्दो प्रदेशमा रहेको यो ठाउँ इन्डि ब्याण्ड बुस्कर बुस्करको सन २०१२ को गीत ‘Yeosu Night Sea’ बजारमा आएदेखि नै झन प्रख्यात रहेको छ। यो ठाउँमा दिनको समयमा पर्यटकहरुले येसुमा सामुन्द्रिक केबल कार चढेर प्राकृतिक सौन्दर्यताको आनन्द लिन सक्नेछन। रातको समयमा नाइट वाल्कका साथ शहरको रात्री भ्यु अवलोकन गर्न सक्नेछन। रातमा यि सुन सिन स्क्वायरदेखि जोङ्पो म्यारिन पार्क हुँदै हामेल लाइटहाउसको रुटमा नाइट वाल्क गर्नुको आनन्द छुट्टै हुने गरेको पाइन्छ।
सोनो काल्म येसु होटलको रुमबाटै यहाँको समन्द्रको अनुभव लिन सकिनेछ किनभने यो होटल समुन्द्रको मुख्य साइट सिइङ क्षेत्रमा रहेको छ। यो होटल केटिएक्स येसु एक्सपो स्टेशन, ओदोङ आइल्याण्ड तथा येशु वर्ल्ड एक्स्पोबाट कारमा मात्र ५ मिनेटमा पुगिन्छ। हनिमुनलाई अझ रोमान्टिक बनाउनका लागि गत बर्षको अप्रिलबाट खुलेको होटल लङ भिजिट गरि ककटेलका साथमा समुन्द्रको रात्री दृष्यावलोकन गर्न सकिन्छ। अझ रमाइलो अनुभवका लागि रामादा प्लाजा पुगि १.२ किलोमिटर लामो जिपलाईन चढ्न सकिनेछ। यो होटलको २४ औं तल्लबाट सुरु भइ डोल्सान आइल्याण्डसम्म पुग्न सकिन्छ।
सामछक (삼척)
खाङवनदो प्रदेशमा रहेको सामछक यहाँको सुन्दर सामुन्द्रिक भ्युका लागि प्रख्यात रहेको छ। समुन्द्र छेउमा रहेको पहाडमा अवस्थित गाउँ नारितगोल चाहि रंगिचंगी परम्परागत घरहरुका लागि अझ प्रख्यात छ। पर्यटकहरुले यो गाउँ घुमि कोरियाको परम्परागत अवस्थाका बारेमा अझ राम्रोसँग बुझ्न हेर्न सक्नेछन।
यहाँ पुगेपछि पुग्नैपर्ने ठाउँ सुर्फ्किकि हो। सामछक सामुन्द्रिक किनारको एक भाग यो ठाउँ सफा सामुन्द्रिक पानी भएकाले धेरैको आकर्षणमा परेको हो। यहाँ सर्फिङ पनि सिकाइने हुनाले धेरै भिड हुने गर्दछ। सर्फिङपछि त्यहाँ रहेका रमाइला पुराना मुर्तिहरु समेत अवलोकन गर्न सकिनेछ। त्यसैगरी सामछक किनारा तथा इसाबु लायन पार्कको अगाडि रहेको सोल सामछक होटलमा धेरै पर्यटकहरु रमाइलो गरिरहेका देखिन्छन। होटलको इन्टेरियर तथा आरामदायी कोठाका कारण यो होटल प्रख्यात रहेको छ। त्यसैगरी सामछक सामुन्द्रिक किनारमा अन्य धेरै सुविधाहरु जस्तै स्पा, सुपरमार्केट, लण्ड्री रुम तथा गे’म रुमहरु उपलब्ध रहेको छ।
प्रतिकृया दिनुहोस्