Tuesday, June 22

सेल्ट्रियन कम्पनीका मालिक बने कोरियाकै सबैभन्दा धनि

April 8, 2021 719

मंगलबार फोर्ब्सले प्रकाशित गरेको विश्वका धनिहरुको लिष्टका अनुसार कोरियाली औषधि कम्पनी सेल्ट्रियनका मालिक तथा चेयरम्यान सियो जङ जिन देशकै सबैभन्दा धनिको लिस्टमा परेका छन। अमेरिकी बिजनेस म्यागजिन फोर्ब्सले विश्वभरीका धनि मानिसहरुको ब्यापार व्यवसाय, ति कम्पनीको सेयरको मूल्य, एक्सचेन्ज रेट इत्यादि कुराहरुको आधारमा मानिसहरुको सम्पतिको मूल्याङ्कन गर्ने गर्दछ।

सियो जङ जिनको कूल सम्पति १४.२ बिलियन डलर रहेको बताइएको छ। उनको यो सम्पतिका आधारमा उनि विश्वको १४५ ‌‍औं धनि ब्यक्ति भएका छन। सेल्ट्रियन कम्पनीको चेयरम्यान गत बर्ष पनि कोरियाको टप ३ धनिका लिष्टमा परेका थिए। गत बर्ष उनि सामसङ कम्पनीका चेयरम्यान लि कुन हि र एनएक्ससि कम्पनीका मालिक पछि तेश्रो स्थानमा रहेका थिए।

यस बर्ष भने दोश्रो स्थानमा गत बर्ष पहिलो स्थानमा रहेका सामसङ कम्पनीका चेयरम्यान लि कुन हि रहेका छन जसको सम्पति १३.३ बिलियन डलर रहेको छ। यसपाली तेश्रो स्थानमा काकाओ कम्पनीका मालिक किम बोम सु रहेका छन। उनको कुल सम्पति ९.३ बिलियन डलर रहेको छ। सामसङ कम्पनीका भाइस चेयरम्यान लि जे योङ ८.३ बिलियन डलर सम्पति सहित चौथो स्थानमा रहेका छन।

यस बर्ष कोरियामा बिलिनियरहरुको संख्या बढेको छ। गत बर्ष कोरियामा २८ जना बिलिनियर रहेका थिए तर यस बर्ष यो संख्या बढेर ४४ पुगेको छ। धेरैजसो क्रिप्टोकरेन्सीमा गरेको लगानी अत्याधिक बढेका कारण यो लिस्टमा पर्न सफल भएका हुन। सेल्ट्रियनका मालिक तथा चेयरम्यान सियो जङ जिन भने को’रोनाका कारण औषधि कम्पनीको बजारमूल्य बढेपछि उनको सम्पति बढेको हो।

फोर्ब्सको लिष्टअनुसार विश्वको धनिहरुको पहिलो नम्बरमा अमेजनका मालिक जेफ बेजोस रहेका छन। उनि चार बर्षदेखि लगातार विश्वका धनिहरुको लिस्टको पहिलो नम्मरमा रहन सफल भएका छन। उनको कुल सम्पति १७७ बिलियन डलर रहेको छ। त्यसैगरी टेस्ला कम्पनीका मालिक एलन मस्क धनिहरुको लिस्टको दोश्रो नम्मरमा रहेका छन भने LVMH कम्पनिका मालिक बर्नाड अर्नल्ड १५० बिलियन डलरसहित तेश्रो स्थानमा रहेका छन।

प्रतिकृया दिनुहोस्