Thursday, June 24

नयाँ पुस्ताले कोरियाको सत्तासिन डेमोक्रेटिक पार्टिलाई देखाइदियो रातो झण्डा

April 9, 2021 433

दक्षिण कोरियामा गत बुधबार भएको उप निर्वाचनमा त्यहाँको सत्तासिन पार्टिलाई युवा पुस्ताले रे’ड सिग्नल देखाएको छ। २० देखि ३० बर्ष उमेर समूहका नयाँ युवा पुस्ताले सउल र बुसानमा भएको मेयर पदको उप निर्वाचनमा प्र’तिपक्षमा रहेको ‘पिपल पावर पार्टी’ लाई समर्थन सहित भोट हालेपछि मुन जे इनको डेमोक्रेटिक पार्टि झ’स्किएको छ।

राजधानी सउलमा कन्जर’भेटिभ पार्टि ‘पिपल पावर पार्टी’ का उम्मेदवार ओ से हुनले सत्ताधारी डेमोक्रेटिक पार्टीका उम्मेदवार पार्क योङ सुनलाई सउलको सबै २५ वटै जिल्लामा ह’राएका छन। सन २०१८ मा भएको कोरियाको स्थानिय निर्वाचनमा डेमोक्रेटिक पार्टिका उम्मेदवार पार्क वोन सुनले अहिलेका उनको सहकर्मीभन्दा बढि भोट पाएका थिए।

विहिवार कोरियाको राष्ट्रिय निर्वाचन आयोगले प्रकाशित गरेको रिपोर्ट अनुसार प्र’तिपक्षी पार्टिका ओ से हुनले ५७.५ प्रतिशत भोट पाएका छन भने सत्तासिन पार्टीका पार्क योङ सुनले मात्र ३९.१८ प्रतिशत भोट पाएका छन। यसअघि कोरियाका प्रमुख तिन सन्चार मिडियाले गरेको पोलमा पनि ओ ले नै अग्रता लिने नतिजा देखिएको थियो। एक्जिट पोलमा ओ ले ४० देखि ५० उमेर समूह बाहेक सबैमा अग्रता लिने देखिएको थियो।

२० देखि ४० बर्षका आधाभन्दा बढि युवाहरुले कन्ज’रभेटिभ पार्टिका ओ लाई भोट गरेका छन। २०-४० बर्षका ५५.३ प्रतिशत युवाले प्र’तिपक्षी पार्टिका ओलाई भोट गरेका छन भने ३४.१ ले मात्र सत्ताधारी पार्टीका पार्कलाई भोट गरेका छन।

त्यसैगरी बुसानको निर्वाचनमा पनि उस्तै नतिजा देखिएको छ। पिपल पावर पार्टीका पार्क ह्यङ जुनले मुन जे इनका उम्मेदवार किम योङ छुनलाई न’राम्रोसँग ह’राएका छन। पार्कले ६२.६७ प्रतिशत भोट पाए भने किमले मात्र ३४.४२ प्रतिशत भोट पाएका छन। बुसानमा समेत २० देखि ४० बर्षका युवाहरु करिब ५१ प्रतिशतले प्र’तिपक्षी पार्टीलाई भोट गरेका छन भने ४०.७ प्रतिशतले मात्र मुन जे इनको पार्टीलाई भोट दिएका छन।

कोरियाका राजनैतिक विश्लेषकहरुका अनुसार मुन जे इनको सासन अहिलेको युवा पुस्ताले रुचाइरहको छैन। मुनका पालामा विभिन्न भ्र’ष्टाचारका घ’टना’हरु आउनुका साथै सत्तासिन पार्टि तथा सरकारका उच्च पदस्थ ब्यक्तिहरु यस्ता घ’ट’नामा मु’छिनाले यो पार्टिप्रति युवा पुस्ताको वि’तृ’ष्णा बढ्दै गएको बुझिएको छ। कोरिया ल्याण्ड एण्ड हाउजिङ कर्पोरेशनका कर्मचारीको मि’लेमतोमा विभिन्न भित्री सू’चना चुहा’इ रकम हि’ना’मिना गरेको ठु’लै घ’ट’ना चुनावको अघिल्लो हप्ता बा’हिरिएपछि युवापुस्तामा यसले झन वि’तृ’ष्णा बढाएको थियो। 

प्रतिकृया दिनुहोस्