Wednesday, January 19

जेठ १ गतेबाट नयाँ नि’यम, लाइसेन्स लिन अझ सजिलो हुँदै

April 9, 2021 433

सवारी चालक अनुमतिपत्र अर्थात लाइसेन्सको परीक्षाका लागि यहि जेठ १ गतेबाट लागू हुने गरि सरकारले नयाँ नि’यम ल्याएको छ। सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधी नि’र्देशिकामा परिवर्तन गर्दै लिखित तथा ट्रायल दुबै परीक्षाको मोडालिटी परिवर्तन गरिएको छ।

नयाँ नि’यममा ट्रायल परीक्षालाई बिभिन्न चरणमा वि’भाजन गरी अझ्कभार छुट्याइएको छ। पहिलेजस्तो ट्रायलमा एउटा ग’ल्ति हुने वितिकै फे’ल हुनुपर्ने छैन। ट्रायलमा कुल अङ्कको ७० प्रतिशत ल्याउन सके पास भइनेछ। अब बाट कुनै एउटा ग’ल्तिले गर्दा लाईसेन्स पाउनबाट ब’ञ्चित हुनुपर्ने छैन।

यस अघिको ब्यवस्थामा प्रयोगात्मक परीक्षामा सरदर २० देखि ३० प्रतिशतमात्र उत्तिर्ण हुने गर्दथे। पहिलेको नि’यम त्यति व्यवहारीक नभएको अनुभव गरी परीक्षाको मोडालिटी परिवर्न गर्न लागिएको हो।

गएको चैत ६ गतेको मन्त्रीस्तरीय बैठकको नि’र्णयले चालक अनुमतिपत्र परीक्षा सञ्चालनका लागि नयाँ कार्यविधि निर्देशिका ल्याउन निर्णय गरेको थियो। मन्त्रालयको सैद्धान्तिक स्वीकृति अनुसार विभागले जेठ १ गतेदेखि लागू हुने गरेर कार्यान्वयनमा लैजान लागेको हो।

प्रतिकृया दिनुहोस्