Tuesday, June 22

कियाको नयाँ ब्राण्ड लोगो सहितको पहिलो कार बजारमा

April 11, 2021 315

दक्षिण कोरियाको दोश्रो ठूलो कार निर्माता कम्पनी किया कर्पोरेशनले बिहिबार ‘के ८ सेडान’ मोडलको कार बजारमा लन्च गरेको छ। यो मोडल कियाले आफ्नो नयाँ ब्राण्ड लोगो प्रयोग गरि पहिलो पटक बजारमा ल्याएको हो। कोरियाको स्थानिय बजारमा यो मोडलका कार बिहिबारबाट उपल्लब्ध भएका छन।

कियाको के ८ मोडल २.५ लिटर पेट्रोल इन्जिन, ३.५ लिटर पेट्रोल इन्जिन तथा ३.५ लिटर एलपिजी ग्या’स इन्जिनमा उपलब्ध छन। कियाले यहि मोडल १.६ लिटर पेट्रोल टर्बो हाइब्रीड इन्जिनमा अर्को महिना रिलिज गर्ने तयारी गरेको छ। गत १२ दिनमा मात्र कियाले सेडान मोडलको २४ हजार वटा कारको अ’र्डर पाइसकेको छ। कम्पनीले यो बर्ष बिक्री गर्ने टार्गेट राखेको ८० हजार कारको करिब ३० प्रतिशत प्रि अ’र्डरबाट नै लक्ष प्राप्त भइसकेको छ।

“कम्पनीले अहिले चिप स’र्टेजका कारण के ८ मोडलका कार निर्माणमा केहि स’मस्या भो’गिरहेको भएतापनि समयमै सबै अ’र्डरहरुको डे’लिभरी गर्ने तयारी गरिरहेका छौं।” किया कम्पनीका एक अधिकारीले बताएका छन। कियाले अन्तराष्ट्रिय बजारमा चालु बर्षको मध्यतिर नयाँ मोडल लन्च गर्ने योजना बनाइरहेको छ।

कियाको के ८ मोडलका कारमा अ’त्याधुनिक सु’रक्षा प्र’णाली जडान गरिएको छ। जसमा हाइवेमा कार चलाउँदा सहयोग गर्ने हाइवे ड्राइभ एसिस्ट, फ्रन्ट कोलि’सन एभोइडेन्स सिस्टम लगायत छन। यो मोडलको मूल्य कोरियन वन ३ करोड ३० लाख देखि ४ करोड ५० लाख वनसम्म रहेको छ। कियाले गत जनवरीान नाम किया मोटर्स कर्पोरेशनबाट किया कर्पोरेशन बनाएको थियो। त्यसैगरी कम्पनीको ब्राण्ड स्लोगनलाई “द पाव’र टु सरप्राइज” बाट परिवर्तन गरि “मुभमेन्ट द्याट इन्सपायर्स” बनाएको छ।

प्रतिकृया दिनुहोस्