Friday, October 7

BTS को ‘फेक लभ’ गीतले युट्युबमा पायो ९० करोड भ्युज

April 10, 2021 711

बिटियसको सन २०१८ को हिट गीत ‘फेक लब’ बोलको गीतले युट्युवमा ९० करोड भ्युज पाएको छ। ९० करोड भ्युज पाउने यो बिटियसको चौथो गीत हो। ‘लभ योरसेल्फ : टियर’ एल्बमको प्रमुख ट्राक ‘फेक लब’ ले बिहिवार विहान १०.३९ बजे ९० करोड भ्युज पूरा गरेको बिग हिट म्युजिकले जानकारी दिएको छ।

बिटियसको यो गीत समावेश भएको एल्बम बिलबोर्ड मुख्य एल्बम चार्टमा एक नम्मरमा परेपछि पनि लगातार १५ हप्ता पर्न सफल भएको थियो। यो गीत पहिलो पटक टप १० मा परेपछि ‘हट १००’ मा लगातार ६ महिना रहन सफल भएको थियो।

अब बिटियसको ४ वटा गीतले युट्युवमा ९० करोड भ्युज कटाएका छन। सबैभन्दा बढि भ्युज भएको गीत भने ‘डिएनए’ रहेको छ जसको युट्युव भ्युज १ अर्ब २० करोड रहेको छ। त्यसपछि बढि भ्युज पाउनेमा ‘बोइ विथ लभ’ रहेको छ जसले १ अर्ब १० करोड भ्युज पाइसकेको छ। तेश्रो नम्मरमा बिटियसको ‘डाइनामाइट’ रहेको छ जसले १ अर्ब ९ करोड भ्युज पाएको छ। बिटियसको फेक लभ गीत हेर्न तल क्लिक गर्नुहोला।

प्रतिकृया दिनुहोस्