३० चैत, काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टीमको नयाँ जर्सी सार्वजनिक भएको छ। यसको मुख्य प्रायोजकका रुपमा आइएनजी ग्रुप अन्तरगत रहेको इन्नोभेट टेक रहेको छ। विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तराष्ट्रिय क्रिकेट परिषद आइसिसीको क्लोथिङ रे’गुलेसनका अ’धिनमा रहि एडप्याडसँग साझेदारी गर्दै टि-२० तथा एक दिवशिय अन्तराष्ट्रिय क्रिकेटका लागि आवश्यक पर्ने सबै ब्राण्डिङ स्पोर्ट्स उपलब्ध गराउने स’म्झौता भएको छ।
इन्नोभेट टेकसँगको यो स’म्झौता अर्को बर्षको मार्च महिनासम्म काय’म रहनेछ। यो स’म्झौता लागू भएसँगै नेपाली राष्ट्रिय क्रिकेट टिमले खेल्ने सबै खेलमा इन्नोभेट टेकको फ्लागसिप ब्राण्ड ‘माइ सेकेण्ड टिचर’ अंकित जर्सी प्रयोग हुनेछ। जनवरी २ बाटै लागू भैसकेको यो स’म्झौताअनुसार जर्सीमा आईएनजी ग्रुपको लोगो तथा इलिङ्सटन कलेजको लोगो समेत रहनेछ।
यस स’म्झौतामा नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द उपस्थित थिएनन तर उनले इन्नोभेट टेकसँगको प्रायोजन सम्झौ’ताको स्वागत गरेका छन्। माइ सकेण्ड टिचरका सहसंस्थापक तथा आइएनजी ग्रुपका प्रमुख सुलभ बुढाथोकीले नेपाली क्रिकेटसँग जोडिन पाउँदा आफूहरु खुशी भएको बताए भने एडप्याड तथा एएनएस ग्रुपका प्रमुख सुदिप थापाले लगानीकर्ताहरुलाई खेलाडीसँग जोड्न आफूहरु सँधै लागिपरिरहेको बताए।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले प्रायोजनका लागी इन्नोभेट टेकलाई धन्यवाद दिदै नेपाली क्रिकेटमा अझ लगानी बढोस भन्ने चाहाना राखेका थिए। नेपाली क्रिकेट टिम र प्रा’योजक बिच कति रकमको सम्झौ’ता भएको हो भन्ने बारे भने खुला’ईएको छैन।
प्रतिकृया दिनुहोस्