Thursday, June 24

स्थि’ति बि’ग्रँदै, कोरियाको जन्मदर विश्वकै सबैभन्दा कम

April 14, 2021 365

दक्षिण कोरियाको जन्मदर यो बर्ष विश्वमै स’बैभन्दा कम रहेको छ। जन्मदर कम भएसँगै बू’ढापाकाहरुको संख्या ह्वा’त्तै बढेको छ। मंगलबार संयुक्त राष्ट्र संघले प्रकाशित गरेको रि’पोर्टमा यस्तो देखिएको हो।

संयुक्त राष्ट्र संघ पपुलेसन फण्डका अनुसार कोरियाको सन २०२१ मा प्रति महिला मा’तृदर १.१ रहेको पाइएको छ। यो दर अघिल्लो बर्ष पनि यति नै रहेको थियो। मा’तृदर भन्नाले कुनै १ महिलाले उनको जीवनभरमा औषतमा जन्माउने बच्चाको संख्यालाई बुझाउँदछ।

संयुक्त राष्ट्र संघ पपुलेसन फण्डका अनुसार कोरियाको मा’तृदर उसले सर्भे गरेको विश्वका १९८ देशमा स’बैभन्दा कम हो। कोरियाको यो दर विश्वको औषत मा’तृदर २.४ भन्दा निकै कम हो।

ल’गातार देशको मा’तृदर कम हुँदै जाने तथा बु’ढापाकाको संख्या क्रमश बढ्दै गएपछि ० देखि १४ बर्ष उमेर समूहको जनसंख्या १२.३ प्रतिशतमा झ’रेको छ। यो प्रतिशत जापानसंग मिल्दोजुल्दो छ। विश्वको औषत ० देखि १४ बर्ष उमेर समूहको संख्या कुल जनसंख्याको २५.३ प्रतिशत रहेको छ। यसरी हेर्दा कोरियाको यो उमेर समूहको संख्या विश्वको संख्याका तुलनामा लगभग आधा रहेको छ।

जापान र कोरियाको जति क’म युवाको संख्या अन्य देशमा छैन। दक्षिण कोरियाको कुल जनसंख्याको करिब १६.६ प्रतिशत ६५ बर्षभन्दा माथिका रहेका छन। अघिल्लो बर्ष यस्तो संख्या १५.८ प्रतिशत रहेको थियो। विश्व परिवेशमा हेर्दा ६५ वा सोभन्दा बढि उमेर भएकाहरुको संख्या करिब ९.५ प्रतिशत रहेको छ।

स’बैभन्दा बढि बु’ढापाका भएको देश भने जापान रहेको छ। जापानमा करिब २८.७ प्रतिशत जनसंख्या बु’ढापाका रहेका छन्। सन २०२० मा यो संख्या २८.४ रहेको थियो। जापानपछि इटालीमा धेरै बू:ढाबुढी रहेका छन। इटालीमा २३.६ प्रतिशत तथा त्यसपछि पोर्चुगलमा २३.१ प्रतिशत रहेको छ।

दक्षिण कोरियाको औषत आ’यु ८३ बर्ष रहेको छ जुन विश्वको ११ औं धेरै हो। कोरियामा पुरुषहरुको औषत आ’यु ८० बर्ष रहेको छ भने महिलाहरुको औषत आ’यु ८६ बर्ष छ। उत्तर कोरियामा भने पुरुषको औषत आ’यु ६९ बर्ष तथा महिलाको ७६ बर्ष रहेको छ।

प्रतिकृया दिनुहोस्