Thursday, June 24

चन्द्रागिरी हिल्स लि. को आइपिओ भर्ने आज अन्तिम दिन

January 12, 2021 424

चन्द्रागिरी हिल्स लि. को आइपिओमा आवेदन गर्ने आज अन्तिम दिन हो। आवेदन आज अर्थात पौष २८ गते बैंकिङ समयपछि बन्द हुनेछ। यसको आइपिओ पौष २४ गतेबाट खुलेको थियो।

कम्पनीले प्रतिकित्ता रु १०० मूल्यमा १५,३४,०९१ कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरेको हो जसबाट कम्पनीको पूँजी १५ करोड ३४ लाख रुपैयाँले बढ्नेछ। सर्वसाधारणका लागि खुलाइएको जम्मा सेयरको ४ प्रतिशत अर्थात ६१,३६४ कित्ता कम्पनीमा काम गर्ने कर्मचारीहरुका लागि तथा ७६,७०५ कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ। बाँकी १३,९६,०२२ कित्ता मात्र सर्वसाधारणका लागि बाँडिनेछ।

यस आइपिओको Issue Manager मा ग्लोवल आइएमइ क्यापिटललाई नियुक्त गरिएको छ। ग्लोवल क्यापिटलका अनुसार आइपिओ खुलेको तेश्रो दिनसम्ममा १०,६७,८९३ जनाबाट जम्मा

२,१०,५२,३२० कित्ताका लागि आवेदन भइसकेको छ। यसकारण यस कम्पनीको आइपिओ पाउन पनि भाग्यमा भर पर्नुपर्ने भएकाले  १० कित्ताका लागि आवेदन गर्नु वुध्दिमानी देखिन्छ।

प्रतिकृया दिनुहोस्