Tuesday, September 28

रुरु जलबिध्युत परियोजनाको आइपिओ बाँडफाड मिति तय, हेर्नुस कहिले हुँदैछ बाँडफाड

April 15, 2021 495

काठमाडौं  : रु रु जलुविद्युत परियोजनाको आइपीओ बाँडफाड यहि बैशाख ३ गते अर्थात भोली शुक्रबार हुने भएको छ। बिक्री प्रबन्धकका रुपमा रहेको एनएमबी क्यापिटलका अनुसार आफ्नै कार्यालय नागपोखरी काठमाडौंमा बिहान ८.३० बजे आइपीओ बाँडफाँड हुने तय गरिएको छ। यस कम्पनीको आइपिओको प्रि अलोटमेन्ट भने चैत ३१ गते नै भइसकेको छ।

यस कम्पनीको आइपिओमा सेयर पाउनका लागि भाग्यमै भर पर्नुपर्ने भएको छ किनभने आइपिओमा माग भन्दा बढि आवेदन परेको थियो। यस कम्पनीको आइपिओमा २ अर्ब ३३ करोड ७७ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। आइपिओ बाँडफाड गोलाप्रथाका आधारमा हुने निश्चित छ। यस आइपिओमा १६ लाख ६९ हजार ५ सय ६६ जनाले २ करोड ३३ लाख ७७ हजार २ सय २० कित्ताका लागि आवेदन दिएका छन। यसको आइपिओमा माग गरिएको भन्दा ६१.६५ गुणा बढि आवेदन परेको हो।

रुरुको आइपिओमा ३७ हजार ९ सय १६ जना भाग्यमानी आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन। सर्वसाधारणका लागि ३ लाख ७९ हजार १ सय ६७ कित्ता छुट्याइएको थियो। करिब १६ लाख ३१ हजार जना यस कम्पनीको आइपिओ पाउनबाट बञ्चित हुने पक्का छ।

यस कम्पनीको आइपिओ प्रिमियमा निष्काशन गरिएको थियो। १०० रुपैया अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपिएको हो। रु १२० मूल्यमा ४ लाख ७ हजार ७ सय ६ कित्ता आइपिओ निष्काशन भएको हो। यसमध्ये ८ हजार १ सय ५४ कित्ता यसै कम्पनीका कर्मचारीहरुका लागि तथा २० हजार ३ सय ८५ कित्ता म्युचुअल फण्डहरुलाई छुट्याइ बाँकी ३ लाख ७९ हजार १ सय ६७ कित्तामात्र सर्वसाधारणका लागि बिक्रि खुल्ला गरिएको थियो।

रुरु जलविध्युत परियोजनाले आइपिओ रेटिङ ग्रेड ३ पाएको हो। यस कम्पनीले पाएको ग्रेड ३ ले कम्पनी औषतभन्दा राम्रो अवस्थामा रहेको बताउँदछ। स्थानिय योजना प्रभावितहरुलाई कम्पनीले यस अघि नै आइपिओ बिक्रि गरिसकेको छ। यस परियोजनाले गुल्मी जिल्लाको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट क्षमताको विध्युत आयोजना निर्माण सम्पन्न गरी उत्पादन गरिरहेको छ।

प्रतिकृया दिनुहोस्