Saturday, January 22

आसिफ र कुशलको किर्तिमानी साझेदारीसँगै नेपालले नेदरल्याण्डलाई सजिलै ह’रायो

April 17, 2021 560

नेपाल सहित मलेसिया र नेदरल्याण्ड सहितको त्रिकोणात्मक टि-२० सिरिज आजबाट काठमाण्डौस्थित टियु क्रिकेट ग्राउण्डमा सुरु भएको छ। आज भएको पहिलो ओपनिङ खेलमा घरेलु टोली नेपालले नेदरल्याण्डल्याण्डलाई फराकिलो अ’न्तरले हरा’उँदै बिजयी सुरुवात गरेको छ।

टियु क्रिकेट ग्राउण्डमा पहिले टस हा’री ब्याटिङको निम्तो पाएको पाहुना टिम नेदरल्याण्डले १३६ रन बनाएको थियो। नेपालले १३७ रनको लक्ष मात्र १ विकेट गु’माउँदै १५ ओभरमै भट्टाउन सफल भयो। नेपालले सुरुवातबाटै राम्रो ब्याटिङ गर्यो ओपनर द्वय आसिफ शेख र कुशल भुर्तेलले आ’क्राम’क सुरुवात गरे। कुशलको यो टि २० अन्तराष्ट्रियमा डेब्यु खेल थियो। डेब्यु खेलमै उनले ४६ बलमा ५ चौका र ५ छक्काका साथ ६२ रन बनाउन सफर रहे।

कुशलको विकेट पछि आरिफ शेखले पनि अर्धशतक पूरा गरे। उनि अन्तिमसम्म नटआउ’ट रहे। ३६ बलमा उनको अर्धशतक पूरा भएको हो। उनले ४ चौका र ४ छक्का सहित ३८ बल खेल्दै ५४ रन जोडे। तेश्रो नम्मरमा मैदानमा आएका कप्तान ज्ञानेन्द्र मल्लले अवि’जित १३ रन जोडे।

पहिलो इनिङमा नेदरल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गु’माउँदै १३६ रन जोडेको थियो। दोश्रो ओभरमै १० रन जोडेका ओपनर म्याक्सलाई सन्दिप लामिछानेले एलबिडब्ल्यू ध’रापमा पारे। त्यसलगत्तै बेन कुपरलाई खातै नखोलि सोमपालले पेभेलियनको बाटो देखाइदिए। तेश्रो विकेटको साझेदारी भने नेदरल्याण्डको राम्रो रहन पुग्यो। यो साझेदारीमा नेदरल्याण्डले ६१ रन जोडे। १४ ‌औं ओभरमा पुगेर शाहब आलमले यो साझेदारी तो’डे। नेदरल्याण्डले अन्तिम ५ ओभरमा १ विकेट गु’माएर ५८ रन जोड्न सफल भयो।

बलिङतर्फ नेपालका सन्दिप लामिछानेले सर्वाधिक २ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै २२ रन खर्चेर २ विकेट झा’रेका हुन। सोमपाल कामीले ४ ओभर बलिङ गर्दै १४ रन खर्चि १ विकेट तथा शाहव आलमले ४ ओभर बलिङ गर्दै ४५ रन खर्चेर १ विकेट झा’रे। यो सिरिजको भोलीको खेल नेदरल्याण्ड र मलेशियाविच हुनेछ।

प्रतिकृया दिनुहोस्