Tuesday, September 28

कामना सेवा विकास बैंकको नाफामा उल्लेख्य बृध्दि, हेरौं कति पुग्यो इपिएस

April 18, 2021 336

कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले आर्थिक बर्ष २०७७/७८ को तेश्रो त्रैमासिक रिपोर्ट निकालेको छ। यो रिपोर्टअनुसार बैंकको नाफामा १७२.०१ प्रतिशतको लोभलाग्दो बृध्दि भएको देखिन्छ।

कामना सेवा विकास वैंकको नाफा गत बर्षको यहि अबधिमा २१.५४ करोड रुपैयाँ रहेको थियो। तर यस बर्षको तेश्रो त्रैमासमा आइपुग्दा बैंकलले ५८.६१ करोड नाफा आर्जन गर्न सफल भएको छ। यस अवधिमा रेगुलेटरी एडजस्टमेन्टपछिको बितरणयोग्य नाफा भने ३८.८८ करोड रहेको देखिन्छ।

बैंकको ग्राहकहरुबाट आउने डिपोजिट रकममा पनि २३.०१ प्रतिशतको बृध्दि देख्न सकिन्छ। तेश्रो त्रैमाससम्म बैंकले ग्राहकहरुबाट ३९.२४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। त्यसैगरी बैंकको ऋण लगानी पनि ४१ प्रतिशतले बढेर ३६.५५ अर्ब रुपैयाँ पुगेको छ। बैंकको खुद ब्याज आम्दानी २५.७३ प्रतिशतले बढेको पाइएको छ। खुद ब्याज आम्दानी बढेर १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो बर्षको यसै त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ८५.७१ करोड रुपैयाँ रहेको थियो।

कामना सेवाले नन अपरेटिङ इनकम धेरै गरेको देखिन्छ। यसबाट बैंकले २३.९६ करोड आम्दानी गरेको देखिएको छ। बैंकको चुक्ता पूँजी २ अर्ब ६५ करोड रहेको छ भने रिजर्भमा १.१७ अर्ब रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा १.३७ प्रतिशतबाट घटेर १ प्रतिशतमा झरेको छ।

तेश्रो त्रैमाससम्ममा कामना सेवा विकास वैंकको बार्षिकिकरण गरिएको प्रतिशेयर आम्दानी अर्थात इपिएस २९ रुपैयाँ ४७ पैसा रहेको छ भने यस वैंकको नेटवर्थ १ सय ४४ रुपैयाँ ३५ पैसा रहेको देखिन्छ। तेश्रो त्रैमासको अन्त्यमा यस वैंकको मूल्य आम्दानी अनुपात ११.९४ गुणा रहेको पाइएको छ।

प्रतिकृया दिनुहोस्