January 12, 2021 1123
आज अर्थात पौष २८ गतेबाट नागरिक लगानी कोषको हकप्रद शेयरको निष्काशन तथा बिक्री खुल्ला भएको छ। कोषले १०० कित्ता बराबर ८२.८४ कित्ता अनुपातमा कुल १,३५,९२,५९२ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो। नागरिक लगानी कोषले हकप्रदका लागि गत पौष १४ गते नै बुक क्लोज गरि सकेको भएकाले पौष १३ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन गर्न सक्नेछन्।
माघ १९ गतेसम्म आवेदन गर्न सकिने यस हकप्रदको विक्री प्रवन्धक आरबिबि मर्चेन्ट बैंकिङ रहेको छ। हकप्रदका लागि आवेदन बिक्री प्रबन्धक आरबिबी मर्चेण्ट बैंकिङ, टेकु काठमाण्डौ, राष्ट्रिय बाणिज्य बैंकका केहि तोकिएका शाखाहरु, नागरिक लगानी कोषको कार्यालय तथा धितोपत्र बोर्डबाट स्विकृत प्राप्त सि आश्वा सुविधा दिने सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरुबाट गर्न सकिनेछ।
प्रतिकृया दिनुहोस्