Monday, September 27

एक करोडभन्दा बढिले घुमिसकेको सउलको यो पार्कमा के छ त्यस्तो आकर्षक कुरा?

April 18, 2021 482

करिब ३० महिनाअघिबाट पर्यटकहरुका लागि खुल्ला गरिएको सउल बोटानिक पार्क अहिले आकर्षक गन्तब्यका रुपमा परिचित हुँदै गइरहेको छ। त्यहाँको सिटी गभरमेण्टले जानकारी दिएअनुसार खुलेको ३० महिना बि’त्न नपाउँदै यहाँ आउने पर्यटकहरुको संख्या १ करोड नाघेको छ।

कोरियाको राजधानी सउलको पश्चिमी क्षेत्रमा रहेको यो पार्क घुम्न आउनेहरुका लागि सन २०१८ को अक्टोबर महिनाबाट खुल्ला गरिएको थियो। तर यस पार्कको औपचारिक रुपमा उद्घाटन भने सन २०१९ को मे महिनामा गरिएको थियो। शहरभित्रै निर्माण गरिएको यो पार्क नै कोरियाको पहिलो बोटानिक पार्क हो। करिब ५ लाख बर्गमिटर क्षेत्रफलमा फै’लिएको यो पार्कभित्र जङ्गल, पोखरी, ग्रिनहाउस जस्ता प्राकृतिक कुराहरु रहेका छन।

सन २०१८ को अक्टोबर महिनापछि यो पार्क १ करोड ४ हजार जनाले भ्रमण गरिसकेका छन। गत महिना मात्रै ५ लाख ५० हजार जनाले यो पार्क भ्रमण गरे। गत महिनाको डेटा हेर्दा दैनिक करिब १८ हजार जना पार्क घुम्न आएको देखिन्छ। अहिले मासिक पार्क घुम्न आउनेहरु सन २०२० को मार्च महिनाको भन्दा करिब ३.६ गुणा बढि रहेको पाइन्छ।

सबैभन्दा धेरै गत बर्षको अक्टोबर महिनामा यहाँ ६ लाखभन्दा बढि मानिस घुम्न आएका थिए। यस पार्कको थेम गार्डेनमा प्रवेश गर्न ५ हजार वन शुल्क लाग्नेछ। यो गार्डेनमा कोरियाका मुख्य मुख्य बोटविरुवाहरु रहेका छन। अन्य क्षेत्रमा प्रवेश निशुल्क रहेको छ। शुल्क नतिरी यहाँको जङ्गल, वेटल्याण्ड, पोखरी गार्डेन इत्यादी हेर्न सकिनेछ।

“हामीले विभिन्न किसिमका बोटबिरुवा, तिनीहरुको संर’क्षण र अध्यनका लागि यो बोटानिक पार्क सन्चालन गरेका हौं। हामी बिभिन्न किसिमका सं’रक्षण तथा अध्यन अ’नुसन्धान कार्यक्रमहरु संचालन गरी यो गार्डेनलाई देशकै उत्कृष्ट बोटानिक गार्डेन बनाउन चाहान्छौं।” यस पार्कका डिरेक्टर हान जुङ हुनले बताए।

प्रतिकृया दिनुहोस्