दक्षिण कोरियाको गीत संगित मात्र हैन खानेकुरा पनि विश्वभर प्रख्यात रहेको पाइन्छ। यसकै उदाहरण हो यो बर्षको पहिलो ३ महिनामा कोरियाको खिम्चीको निर्यात अहिले सम्मकै उच्च हुनु। को’रोनामा म’हा’मारीका बिचमा पनि कोरियाको यो खानेकुराको माग विश्वभर बढेको पाइएको छ।
कोरियाको भन्सार विभागले दिएको डाटाअनुसार जनवरी देखि मार्च महिनाको अवधिमा कोरियाबाट ४ करोड ६५ लाख ७० हजार अमेरिकन डलर बराबरको खिम्ची विदेश निर्यात भएको छ। यो निर्यात अघिल्लो बर्षको यसै अवधिको तुलनामा ५४.३ प्रतिशतले धेरै हो। यो निर्यात अहिले सम्मकै कुनै पनि ३ महिना अवधिको उ’च्च हो। यस अघि गत बर्षको अप्रिलदेखि जुन महिनाको अवधिमा ४ करोड २० लाख ८० हजार डलरको खिम्ची निर्यातको रे’कर्ड रहेको थियो।
कोरियाको खिम्ची बेच्ने मात्र नभइ बिदेशबाट पनि किन्ने गरेको छ। यो बर्षको पहिलो ३ महिनाको अवधिमा ३ करोड ८५ लाख डलर बराबरको खिम्ची आयात भएको छ। यसरी आयात निर्यातलाई हिसाब गर्दा खिम्चीमा कोरियाको करिब ८० लाख डलरको ब्यापार ना’फा रहेको देखिन्छ। यो व्यापार नाफा सन २००९ पछिकै सबैभन्दा धेरै हो। सन २००९ मा यस्तो नाफा ९३ लाख डलर बराबरको रहेको थियो।
खिम्ची कोरियाको परम्परागत अचार हो। यो खासगरी बन्दा, नुन, धुलो खुर्सानी इत्यादी प्रयोग गरि तयार पारिन्छ। कोरियामा यो सबै खानेकुरामा अनि’वार्य रुपमा खाने गरिन्छ। कोरियाले गत ३ महिनामा ११ हजार १ सय ८१ टन खिम्ची निर्यात गरेको छ भने ६७ हजार ९ सय ४० टन आयात गरेको छ।
विज्ञहरुका अनुसार को’रोनाका का’रण मानिसहरुमा खिम्चीले रो’ग सँग ल’ड्ने क्ष’मता बढाउँछ भन्ने भएपछि यसको मा’ग विश्व बजारमा बढेको हो। गत तिन महिनामा जापानमा खिम्चि निर्यात करिब ६८ प्रतिशतले घ’ट्न पुग्यो भने हङकङतर्फको निर्यात भने ५०.३ प्रतिशतले बढेको पाइएको छ।
प्रतिकृया दिनुहोस्