Thursday, June 24

विदेशीसँग विवाह गर्ने कोरियनहरुको संख्या घ’ट्यो

April 23, 2021 239

दक्षिण कोरियामा त्यहाँका नागरिकले विदेशी नागरिकसँग गर्ने विवाहको संख्या घटेको सरकारी तथ्याङ्कले देखाएको छ। को’रोना म’हामा’रीका कारण त्यसो भएको हुनसक्ने अनुमान गरिएको छ। विदेशीसँग हुने विवाह सन २०१६ देखि सन २०१९ सम्म बढिरहेको थियो। तर सन २०२० बाट भने घटेको देखिन्छ।

सन २००० बाट दक्षिण कोरियाले कोरियन र विदेशी नागरिकसँग हुने विवाहको तथ्याङ्क राख्न सुरु गरेको हो। त्यतिबेला कोरियामा हुने कुल विवाहको ३.४ प्रतिशत विवाह चाहिँ विदेशीसँग हुने गरेको थियो। सन २००१ मा आइपुग्दा अन्तराष्ट्रिय विवाह बढेर ४.५ प्रतिशत पुग्यो भने सन २००२ मा अझ बढेर ४.९ प्रतिशत पुग्यो। त्यसैगरी सन २००३ मा ह्वा’त्तै बढेर ८.१ प्रतिशत पुगेको विदेशीसँगको विवाह सन २००४ मा आइपुग्दा ११.२ प्रतिशत रहेको थियो।

सन २००५ मा अझ बढेर यो प्रतिशत १३.४ पुग्यो। सन २००५ मा भएको कुल ३ लाख १४ हजार ३०४ जनाको विवाहमा ४२ हजार ३ सय ५६ जनाले विदेशी जोडीसँग विवाह गरेका थिए। त्यसमा ३० हजार ७ सय १९ जना कोरियन पुरुषले विदेशी महिलासँग विवाह गरेका थिए भने ११ हजार ६ सय ३७ जना कोरियन महिलाले विदेशी पुरुषसँग विवाह गरेका हुन।

तर सन २००९ मा यो संख्या घटेर १०.७ प्रतिशतमा आइपुग्यो। सन २०१० मा अ’झ घटेर १०.४ प्रतिशतमा आयो भने सन २०११ मा त ९ प्रतिशतमै झ’र्यो। त्यसपछिका बर्षमा पनि लगा’तार घ’ट्दै गयो। सन २०१२ मा ८.६ का साथै सन २०१३ मा ८ र सन २०१४ मा ७.६ प्रतिशतमा रह्यो।

स’बैभन्दा कम सन २०१५ मा ७ प्रतिशत कोरियनले विदेशी नागरिकसँग विवाह गरे। त्यसपछिका दिनमा भने फेरि यस्तो संख्या बढ्न थाल्यो। सन २०१६ मा यो संख्या बढेर ७.३ प्रतिशत पुग्यो। सन २०१७ मा ७.८ प्रतिशत पुगेको अन्तराष्ट्रिय विवाह सन २०१८ मा ८.८ प्रतिशत रह्यो। सन २०१९ मा आइपुग्दा यस्तो संख्या बढेर ९.८ प्रतिशत पुगेको थियो।

तर सन २०२० मा फेरि अन्तराष्ट्रिय विवाह घ’ट्न पुग्यो। यो बर्षभरी ७.१ प्रतिशत अर्थात १५ हजार ३ सय ४१ जना कोरियनले मात्र विदेशी नागरिक सँग विवाह गरेका छन। यिमध्ये ११ हजार १ सय जना कोरियन पुरुषले विदेशी महिलासँग विवाह गरेका हुन भने ४ हजार २ सय ४१ जना कोरियन महिलाले विदेशी पुरुषसँग विवाह गरेकी हुन। सन २०२० को अन्तराष्ट्रिय विवाह ५ बर्ष यताकै सबैभन्दा कम हो भने १८ बर्षयताकै दोश्रो क’म हो।

प्रतिकृया दिनुहोस्