Monday, September 27

कोरियाले थप ४ करोड डोज फाइजर कम्पनीको खो’प ल्याउने

April 25, 2021 456

दक्षिण कोरियामा को’रोना बि’रुध्दको खो’पको अ’भाव हुन थालेकाले खो’प अभियान प्रभा’वित हुन सक्ने भन्दै त्यहाँको नागरिकहरुले अस’न्तुष्टि देखाइरहेका बेला सरकारले अमेरिकी कम्पनी फाइजरको थप २ करोड मानिसलाई पुग्ने गरि ४ करोड डो’ज खो’प ल्याउन कम्पनीसँग स’म्झौता भएको बताएको छ।

दक्षिण कोरियाका स्वा’स्थ्य मन्त्री ख्योन दोक छलले अप्रिल ९ र २३ तारिखमा अमेरिकन खो’प कम्पनी फाइजरसँग भिडियो कन्फ्रेन्स गरेका थिए। सरकारी कम्प्लेक्स सउलमा भएको न्युज कन्फ्रेन्समा स्वा’स्थ्यमन्त्री ख्योन दोक छलले थप ४ करोड खो’प आउने स’म्झौताले अब खो’प अभिया’न अझ ढुक्क सँग अघि बढ्ने बताए।

जुन महिनाको अन्तिमसम्ममा कोरियाले फाइजर कम्पनीको ३५ लाख मानिसलाई पुग्ने ७० लाख डो’ज खो’प पाउने स’म्झौता ‍यस अघि नै भएको थियो। यहि स’म्झौता अनुसारको ८ लाख ७५ हजार मानिसलाई पुग्ने खो’प कोरियाले पाइसकेको छ भने अरु बाँकी खो’प कोरिया आउँदै छ। अब बाँकी २ करोड ९५ लाख मानिसलाई पुग्ने खो’प लट लट गरेर जुलाईबाट कोरिया आउनेछ।

फाइजरसँगको नयाँ स’म्झौतापछि कोरियाले विश्व स्वास्थ संगठनले फ्रिमा उपलब्ध गराउने कोभ्याक्स कार्यक्रम अन्तर्गतको खो’प र अन्य ५ खो’प निर्माता कम्पनीसँग यस अघि भएको स’म्झौताअनुसारको समेत गरी कुल ९९ करोड मानिसालाई पुग्ने खो’प सुनिश्चित गरिसकेको छ। यो खो’प कोरियाले यहाँ रहेका मानिसलाई चाहिने भन्दा २.७५ गुणा बढि हो।

कोरियाले खो’पका लागि एष्ट्राजेनेका, फाइजर, मोडर्ना, जोनसन एण्ड जोनसन र नोभाभ्याक्स कम्पनीसँग स’म्झौता गरेको छ। फाइजरसँगको नयाँ स’म्झौताले भविष्यमा पर्न सक्ने अतिरिक्त खो’पको मा’गलाई सहज बनाउनेछ। यदि भविष्यमा दुइ डोज खोप लगाएर पनि फेरि अर्को डो’ज आवश्यक परेको खण्डमा समेत पुग्ने गरि कोरियाले खो’प सु’रक्षित गरिरहेको छ।

दक्षिण कोरियाले थप २७ लाख डोज खो’पको अर्ड’र गर्नका लागि समेत मोडर्ना, नोभाभ्याक्स र जोनसन एण्ड जोनसन कम्पनीसँग कुराकानी अगाडी बढिरहेको बताएको छ। दक्षिण कोरियाले जुन महिनाको अन्तिमसम्ममा यहाँ रहेका ५ करोड २० लाख मानिसमध्ये १ करोड २० लाखलाई खो’प लगाइसक्ने तथा नोभेम्बर महिनाभित्र सबैजनालाई खो’प दिइसक्ने योजना बनाएको छ। (योनहाप)

प्रतिकृया दिनुहोस्