Tuesday, June 22

कोरियाकी युन एजङले जितिन बहुचर्चित ओष्कार अवार्ड

April 26, 2021 316

सउल, दक्षिण करिया। दक्षिण कोरियाको युन एजङले यो बर्षको च’र्चित एकेडेमी अवार्ड ओष्कारमा ‘बेष्ट सपोर्टिङ एक्ट्रेस’ को अवार्ड जि’तेकी छिन। उनले ‘मिनारी’ नामक चलचित्रमा गरेको अभिनयका लागि यो अवार्ड जि’तेकी हुन। ‘बेष्ट सपोर्टिङ एक्ट्रेस’ का लागि ओष्कारमा अवार्ड जित्ने उनि पहिलो दक्षिण कोरियाली नागरिक समेत बनेकी छिन।

अमेरिकाको लस एन्जल्सको युनियन स्टेशनमा आइतबार भएको अवार्ड कार्यक्रममा युन ले सपोर्टिङ रोलका लागि ‘बोराट सब्सिक्वेन्ट मुभिफिल्म’ कि मारिया बाकालोभा, ‘हिलबिल्ली एलेगी’ कि ग्लेन क्लोज, ‘द फादर’ कि ओलिभिया कोलम्यान तथा ‘मङ्क’ कि अमान्दा सेफ्राइडलाई पछि पार्दै उपाधि चु’मेकी हुन।

एक्टिङ क्याटेगोरीमा दक्षिण कोरियाबाट ओष्कारमा अवार्ड जित्ने उनि पहिलो ब्यक्ति समेत बन्न पुगेकी छिन। गत बर्ष ‘बेष्ट पिक्चर’ को अवार्ड जितेको कोरियाली फिल्म ‘प्यारासाइट’ को पनि एक्टिङ क्याटेगोरीमा गत बर्ष नोमिनी थिएन। त्यसैगरी युन एजङ ओष्कार अवार्डको इतिहासमै सपोर्टिङ एक्ट्रेसको उपाधि जित्ने दोश्रो एसियाली नागरिक समेत भएकी छिन। यसअघि जापानी नागरिक मियोसी उमेकील् सन १९५७ मा  ‘सायोनारा’ फिल्मका लागि वेस्ट सपोर्टिङ एक्ट्रेसको उपाधि जितेकी थिइन।

त्यसैगरि उनि ओष्कारमा सपोर्टिङ एक्ट्रेसको उपाधि जित्ने तेश्रो बढि उमेर भएको व्यक्ति समेत भइन। यसअघि ७७ बर्षिया पेगी एसक्रफ्ट र ७४ बर्षिया जोसेफिन हलले यो अवार्ड जितेका थिए। युन एजङले मिनारी फील्ममा सोन जा नाम भएकी एक हजुरआमाको रोल नि’भाएकी छिन। फिल्ममा उनि आफ्नो छोरीको परिवारलाई सहयोग गर्न अमेरिका जान्छिन। अमेरिका जाँदा उनले साथमा मिनारीको विउ लिएर जान्छिन। मिनारी कोरियन खानेकुरामा प्रयोग हुने एक प्रकारको साग हो।

कोरियन अमेरिकन नागरिक लि आइज्याक छुङले लेखन र निर्देशन गरेको यो मिनारी फिल्मले ओष्कारमा ६ विधामा नोमिनेसनमा परेको थियो। बेस्ट पिक्चरका लागि प्रोड्युसर क्रिश्टिना ओ, बेस्ट डिरेक्ट र बेस्ट ओरिजिनल स्क्रिनप्लेका लागि डिरेक्टर छुङ, बेस्ट एक्टरका लागि कोरियन अमेरिकन एक्टर स्टेभेन युन, बेस्ट सपोर्टिङ एक्ट्रेसका लागि युन र बेस्ट ओरिजिनल स्कोरका लागि इमिली मोसर रहेका थिए।

प्रतिकृया दिनुहोस्