दक्षिण कोरियामा रहेका विदेशी नागरिकहरुको संख्या अहिले ह्वा’त्तै घ’टेको छ। ५ बर्षभन्दा बढि समयदेखिकै स’बैभन्दा कम विदेशी अहिले कोरियामा रहेको तथ्याङ्कले देखाएको छ। अहिले यहाँ रहेका विदेशीहरुको संख्या २० लाखभन्दा क’म रहेको छ। को’रोनाका कार’ण कोरिया भित्रिने विदेशी एक’दमै न्यू’न भएका र बाहिरनेको संख्या अ’त्याधिक भएपछि यस्तो स्थि’ती आएको बताइएको छ।
कोरियाको न्या’य मन्त्रालयका अनुसार यस बर्षको मार्च महिनासम्ममा कोरियामा १९ लाख ९० हजार विदेशी रहेको तथ्याङ्कले देखाएको छ। यो संख्या गत बर्षको यसै समयको तुलनामा ९.२ प्रतिशतले कम हो। गत बर्ष कोरियामा २२ लाख विदेशी रहेका थिए। सन २०१५ को डिसेम्बर पछि पहिलो पटक विदेशीको संख्या २० लाखबाट तल झ’रेको हो। सन २०१५ मा कोरियामा १८ लाख ९० हजार विदेशीहरु रहेका थिए।
सन २०१९ को डिसेम्बरमा २५ लाख २० हजार विदेशी रहेकामा त्यसपछि ल’गातार १६ महिनायता यो संख्या घ’टिरहेको छ। कोरियामा छोटो समयका लागि आउने विदेशी तथा लामो समय रहने गरि आउने विदेशी दुबैको संख्या घ’टेको भएतापनि छोटो समयका लागि आउने विदेशी १०.५ प्रतिशत तथा लामो समयका लागि आउने विदेशीको संख्या ८.९ प्रतिशतले घ’टेको देखिन्छ।
लामो समय कोरियामा रहने विदेशीहरुका लागि जारी गरिने एलेन कार्डको संख्या पनि १२.५ प्रतिशतले घ’टेको छ। यस्तो कार्ड अहिले ११ लाख मात्र रहेका छन। यो संख्या गत ७ बर्ष यताकै स’बैभन्दा क’म हो। अहिले दक्षिण कोरियामा चिनियाँ नागरिक सबैभन्दा बढि रहेका छन। उनिहरुको संख्या ८ लाख ६८ हजार रहेको छ। त्यसपछि भियतनामी, थाइ अनि अमेरिकन नागरिक कोरियामा रहेका छन। (योनहाप)
प्रतिकृया दिनुहोस्