Tuesday, September 28

कोरियामा बुध्दको प्रचारमा भारत व्यस्त, योङसानको एक गुम्बालाई दियो बुध्दको मूर्ति उपहार

May 3, 2021 496

भारतले धेरै अघि देखि नै बुध्द भारतमा जन्मेको झु’टो प्र’चार गरिरहेको छ। कहिले न’क्कली लुम्बीनी आफ्नो देशमा बनाउने त कहिले अन्तराष्ट्रिय समुदायलाई बुध्द आफ्नो देशमा जन्मेको झु’टो प्र’चार गर्ने काम भारतले गरिरहेको छ। कोरियामा पनि यस्ता खालका ग’तिवि’धी बढेको छ। कोरियामा भारतिय काउन्सिल फर कल्चरल रिलेसन नामक एक भारतिय संस्थाले योङसानमा रहेको एक बौध्द गुम्बाका लागि बुध्दको मू’र्ति उ’पहार दिएको छ। भारत र दक्षिण कोरिया बिचको साँस्कृतिक सम्बन्ध अझ प्रगाढ पार्न यसो गरिएको भनिए ता पनि अन्तराष्ट्रिय समुदायमा बुध्दको जन्म आफ्नो देशमा भएको हो भन्ने प्र’चारमा भारत तल्लिन रहेको बुझ्न सकिन्छ।

गत शुक्रबार दक्षिण कोरियामा रहेको भारतिय राजदूताबासको स्वामी विवेकानन्द कल्चरल सेन्टरमा आयोजित एक कार्यक्रममा भारतले कोरियालाई बुध्दको मू’र्ति उ’पहार दिएको थियो। कार्यक्रमको सुरुवातमा योङसानस्थित तोङ्दो गुम्बाका भिक्षुहरुले मू’र्तिका लागि पूजा तथा जप गरेका थिए। त्यसपछि अभिजित चक्रवर्ति र ओ सुक हिले कथक नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा बोल्दै कोरियाका लागि भारतिय राजदूत श्रीप्रिया रङ्गनाथानले योङसानदेखि कार्यक्रममा उपस्थित हुन आएका सबै भिक्षुहरुलाई धन्यवाद दिएकी थिइन। उनले भनिन “थोङ्दोसा गुम्बा र योङसानका बासिन्दाहरुलाई धन्यवाद दिन चाहान्छु। यो महिना हाम्रो लागि विशे’ष रहनेछ किनभने हामी योङसान जाँदैछौ। आउने दिनहरुमा बौध्द ध’र्मका माध्यमबाट भारत र कोरियाबिच अझ राम्रो सम्बन्ध बनाउन हामी चाहान्छौं।”

थोङ्दो गुम्बा र भारत बिच विशेष सम्बन्ध रहेको पाइन्छ। कोरियाली एक भिक्षु भारत भ्रमणका क्रममा त्यहाँ बुध्दका अ’नुयायी बनेपछि उनि कोरिया फर्केर यो गुम्बाको स्थापना गरेका थिए। कार्यक्रममा गुम्बाका मुख्य भिक्षुले थोङ्दो गुम्बा र कोरियामा रहेको भारतिय राजदूताबास विच कसरी सम्बन्ध सुरु भयो भन्ने बारेमा बताएका थिए।

कार्यक्रममा थोङ्दो गुम्बाका प्रमुखले भने “हामीले भारतिय राजदूतलाई भारतबाट बुध्दको मू’र्ति ल्याइदिन अनुरोध गर्यौं। भारत बौध्द धर्मको जन्मथलो हो। हाम्रो अनुरोधलाई भारतिय सरकारले स्विकार गरि मू’र्ति उपहार दिएकोमा हामी भारतलाई धेरै धेरै धन्यवाद दिन चाहान्छौं।” फोटो श्रोत भारतिय राजदूताबास कोरिया। समाचार योनहाप

प्रतिकृया दिनुहोस्