दक्षिण कोरियाको सरकारले अब बच्चाहरुलाई उनिहरुको नामको पछाडी आफ्नो बाबुको सट्टा आमाको थर राख्न पाउने सुविधा दिने भएको छ। अहिले चालु व्यवस्थामा आफ्नो बुबाको थर लेख्ने चलनको सट्टामा आमाको पनि थर राख्न दिइने भएको हो। लै’ङ्गिक स’मानता तथा परिवार मन्त्रालयले गत मंगलबार एक बि’ज्ञप्ति जा’री गर्दै अहिले बिध्यमान नि’यमले विशेष गरि ए’कल परिवारका ब’च्चा तथा बि’वाह नभएका आमाबाट ज’न्मेका ब’च्चामा मा’नसिक रुपमा वि’भेदको भावना जा’ग्ने भएकाले नयाँ नि’यम ल्याउन लागिएको बताइएको छ।
अहिलेको व्यव’स्था अनुसार दक्षिण कोरियामा बच्चाहरुले आफ्नो बाबुको थर राख्नुपर्ने छ। तर यदि बाबुआमाले विवाह दर्ता गर्ने बेलामा आफ्ना बच्चाको थर आमाको राख्ने भनि सहमति गरेको खण्डमा भने अहिलेको का’नूनमा पनि आमाको थर राख्न पाइने छु’ट भने रहेको छ। लै’ङ्गिक समा’नता तथा परिवार मन्त्रालयले अहिलेको व्यवस्थालाई परिमा’र्जन गर्दै न्या’य मन्त्रालयसँगको छलफल र सहकार्यपछि बच्चाका बाबुआमालाई आफ्नो बच्चाको जन्मदर्ताको समयमा बाबु वा आमामध्ये कसैको थर छान्न पाउने अधि’कार दिइने व्यव’स्था गरिन लागिएको छ।
अहिले ल्याउन लागिएको थर छान्न पाउने नि’यम कोरियाको पारिवारिक फ्रेमवर्क सम्बन्धि ५ बर्षे गुरुयोजनाको एक भाग हो। अब बन्ने नयाँ नि’यमले वि’वाह नभएका महिलाले ज’न्माउने बच्चा, एकल महिला वा पुरुष भएको परिवार, अबिवा’हित एक’ल महिला आदिलाई परिवारको रुपमा चिन्ने गर्दछ। एक सदस्य भएको परिवारको संख्या कोरियामा बढ्दै गएपछि यसलाई पनि बै’धानिक रुपमा परिवारको रुपमा चिनि’नुपर्छ भनि नयाँ नि’यममा प’रिमार्जन गर्न लागिएको हो। सन २०१० मा एक जनामात्र सदस्य भएको परिवार २३ प्रतिशतबाट बढेर सन २०१९ मा आइपुग्दा ३० प्रतिशत पुगिसकेको छ।
बिवाहित महिला पुरुष र तिनका बालबच्चा रहने परम्परागत परिवारको संख्या कोरियामा अहिले घ’टिरहेको छ। यस्तो परिवार सन २०१० मा ३७ प्रतिशत रहेकोमा सन २०१९ मा आइपुग्दा घ’टेर ३० प्रतिशतमा झ’रेको छ। अहिलेको सिभिल ल एण्ड फेमिली एक्टले परिवारलाई विवाह र ज’न्म वा धर्मपुत्र वा धर्मपुत्री पालेमा मात्र बुझ्ने गरेको छ। वि’वाह नगरी सँगै वसोवास गर्ने म’हिला पुरुष, एक जनामात्र बसेमा, अवि’वाहित महिला वा पुरुषलाई अहिलेको का’नूनले परिवारको रुपमा चि’न्दैन। यसले सरकारले दिने विभिन्न सुविधाहरुबाट उनिहरु ब’न्चित हुनु परिरहेको छ।
प्रतिकृया दिनुहोस्