Monday, September 27

दक्षिण कोरियाले आयोजना गर्ने विश्वकप फुटबल क्वालिफायरमा उत्तर कोरिया सहभागी नहुने

May 5, 2021 448

सन २०२२ मा कतारमा हुने भनिएको विश्वकप फुटबलको एसियन क्वालिफायरमा उत्तर कोरिया सहभागी नहुने बताइएको छ। दक्षिण कोरियाले आयोजना गर्ने भएका कारण उत्तर यसमा सहभागी हुन हि’च्किचाएको हो। यो क्वालिफायर यहि जुन महिनामा दक्षिण कोरियामा आयोजना हुँदैछ।

दक्षिण कोरिया फुटबल एसोसियसनका अनुसार उत्तर कोरियाली फुटबल एसोसियशनले एशियन फुटबल कन्फिडेरेशनलाई गत शुक्रबार एक औपचारिक पत्र पठाई दक्षिण कोरियाले यहि जुन महिनामा आयोजना गर्ने एशियन क्वालिफायरको दोश्रो राउ’ण्डमा आफूहरु सहभागी नहुने जानकारी पठाएको छ। पत्रमा उत्तर कोरियाली फुटबल एसोसियसनले क्वालिफायरमा सहभागी नहुनुको प्रमुख कार’ण ‘रोना भाइ’रसको जो’खिम बताएको छ।

सन २०२२ को विश्वकप फुटबलको एशियन क्वालिफायरको दोश्रो राउ’ण्डमा दुबै कोरिया ग्रुप एचमा समावेश छन। यि दुइ कोरियासँगै ग्रुपमा तुर्कुमेस्तान, लेवनान र श्रीलङ्का रहेका छन। यस रा’उण्डमा रहेका ८ ग्रुपमा ५-५ वटा देशहरु रहेका छन। सबै ८ वटा ग्रुपबाट विजेता र ४ वेष्ट रनर अप तेश्रो राउण्डमा प्रवेश गर्नेछन।

दोश्रो रा’उण्डका खेलहरु सेप्टेम्बर २०१९ मा सुरु भएको थियो भने अब को’रोनाका कारण ढि’लाई भएकाले अब केहि समयमा फेरि सुरु हुनेछन। एशियन फुटबल कन्फिडेरेशनले पहिले हरेक देशलाई होम एण्ड अवे खेल फर्म्याट बनाए पनि अब छोटो समयमै खेलहरु सक्नुपर्ने भएकाले हरेक ग्रुपमा कुनै एक देशले सबै खेल आयोजना गर्न दिने भएको छ। ग्रुप एचका लागि दक्षिण कोरियालाई आयोजक छनौट गरिएको छ।

यसअघि ग्रुप एच को पहिलो खेलमा उत्तर र दक्षिण कोरियाबिच शून्य गोलको बराबरी खेल उत्तर कोरियाको किम सेकेण्ड स्टेडियम प्योङह्याङमा सन १०१९ को अक्टोबर १५ मा भएको थियो। अबको खेल दक्षिण कोरियाले तुर्कुमेस्थानसँग जुन ३ मा खेल्नेछ भने उत्तर कोरियासँग जुन ७ मा खेल्नेछ भने श्रीलङ्कासँग जुन ११ तथा लेवनानसँग जुन १५ मा खेल्नेछ।

प्रतिकृया दिनुहोस्