Monday, September 27

कोरियाको विदेशी मुद्रा सञ्चिती अहिलेसम्मकै उच्च

May 6, 2021 331

दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितीले नयाँ रेक’र्ड बनाएको छ। अप्रिल महिनामा यस्तो सञ्चिती अहिलसम्मकै उ’च्च रहन गएको हो। कोरियाको केन्द्रिय बैंकले विहिवार निकालेको रि’पोर्टमा अमेरिकी डलरको मूल्यमा ह्रा’स आएका कारण कोरियाको डलर बाहेकका सम्पतिहरुको मूल्यमा बढोत्तरी हुन गई विदेशी मुद्रा सञ्चिती उच्च हुन पुगेको भनिएको छ।

कुनै पनि मुलुक आर्थिक दृष्टिले स्व’स्थ रहन त्यो मुलुकसँग विदेशी विनिमयको पर्याप्त सञ्चिती हुनु जरुरी हुन्छ। किनभने कुनै बेला देशभित्र वा बाहिरको कार’णले मुलुक ग’म्भीर आर्थिक स’ङ्कटमा पर्यो भने यस्तो सञ्चितीको उपयोग गरेर त्यस्तो स’ङ्कटबाट बच्न सकिन्छ।

देश बाहिरबाट वस्तु तथा सेवा आयात गर्न, सरकारको विदेशी ऋणको साँवा ब्याज भुक्तानी गर्न, विदेशमा रहेका आफ्ना राजदूतावासहरू सञ्चालन गर्न, देशका नागरिकहरू विभिन्न काममा विदेश भ्रमणमा जान, देशका विद्यार्थी तथा कर्मचारीलाई विदेशमा अध्ययन गर्न र प्रशिक्षण लिन, औ’षधोपचार गर्न, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्घ संस्थाको सदस्यता शुल्क तिर्न, देशका भी.आई.पी. (ज्या’दै महìवपूर्ण व्यक्तित्व) हरूले विदेश भ्रमण गर्नलगायत प्रयोजनको निमित्त कुनै पनि देशलाई विदेशी मुद्रा नभई हुँदैन। त्यसैले विदेशी मुद्राको सञ्चितीलाई अर्थतन्त्रको स्वा’स्थ्यको मापक मानिन्छ।

कोरियाको केन्द्रिय बैंक बैंक अफ कोरियाका अनुसार दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चिती अप्रिल महिनाको अन्तिमसम्ममा ४५२.३ बिलियन अमेरिकन डलर पुगेको छ। यो सन्चिती अघिल्लो महिनाको तुलनामा ६.१८ बिलियन डलरले बढेको हो।

गत महिना अमेरिकन डलरको मूल्यमा आएको गि’रावटका का’रण डलर बाहेकका सम्पतिको मूल्यमा बढोत्तरी हुन पुगेको थियो।  वैदेशिक सेक्युरिटिज अप्रित अन्तिमसम्म ४१२ बिलियन डलर पुगेको थियो। यसको हिस्सा कुल विदेशी मुद्रा सञ्चितीमा ९१.१ प्रतिशत रहेको छ।

कोरियाको डिपोजिट ५० मिलियन डलर रह्यो भने बहुमूल्य सुनको सन्चिती ४.७९ बिलियन डलरको रह्यो। मार्च महिनाको अन्तिमसम्ममा दक्षिण कोरिया विदेशी मुद्रा सञ्चितीका हिसाबले विश्वकै नवौं स्थानमा रहेको छ। अघिल्लो महिना कोरिया आठौं स्थानमा रहेको थियो। (योनहाप)

प्रतिकृया दिनुहोस्