Tuesday, September 28

कोरियामा विदशीलाई भोटिङको अधिकार दिन नहुने आवाज बढ्दै

May 9, 2021 382

दक्षिण कोरियामा चीन वि’रोधी भावनाहरु ब’ढिरहेको छ। केहि दक्षिण कोरियालीहरु कोरियामा रहेका विदेशी स्थायी बासिन्दाहरुलाई त्यहाँ हुने चुनावहरुमा भोट हाल्न पाउने अधिकार दिनुहुँ’दैन भन्ने पक्षमा रहेका छन। धेरै जसो कोरियनहरु त्यहाँ अधिकाँस विदेशी स्थायी वासिन्दा चीनियाँ रहेका कारण उनिहरुलाई भोटिङको अधिकार दिनु’हुँदैन भन्ने पक्षमा रहेका हुन।

कोरियाको राष्ट्रपतिको आधिकारिक वेवसाईटमा गत अप्रिल २८ मा एउटा अनलाईन वि’रोधको कार्यक्रम गरियो। ‘बिदेशीहरु’ नामक टाइटल राखिएको उक्त अनलाईन पेटिन्सनमा कोरियामा रहेका विदेशी स्थायी वासिन्दाहरुलाई त्यहाँको स्थानिय चुनावमा भोट दिन पाउने नि’यम हटाइनुपर्ने भनिएको छ। विदेशीहरुलाई भोटिङ अ’धिकार दिनु अस’म्बैधानिक भएको उनिहरुको धारणा रहेको छ।

पेटिनसका मुख्य ब्यक्तिले भनेका छन “हामी कोरियामा रहेका सबै विदेशीहरुलाई हामी सम्मान गर्दछौं। हामी कसैलाई भे’दभाव गर्दैनौं। तर भोट गर्ने अधिकार भनेको कोरियाका नागरिकहरुलाई मात्रै हो।”  कोरियामा स्थायी बसोबासको अ’धिकार पाएकाहरु मध्ये ८० प्रतिशत चिनीयाँहरु रहेका छन। यसले गर्दा कोरियामा चिनियाँ ह’स्तक्षेप र प्र’भाव बढ्दै गइरहेको कोरियनहरुको सोचाइ रहेको छ।

तर कोरियाको राष्ट्रपति र निती निर्माणको चुनावहरुमा विदेशीहरुले भोट गर्न पाउँदैनन। विदेशीहरुले अहिले कोरियाको स्थानिय चुनावमा भने भोट हाल्न पाउँदछन। अहिले चलिरहेको अनलाईन वि’रोध पेटीनसनमा २ हप्ता भित्रै ४३ हजारले स’मर्थन गर्दै साइन अप गरिसकेका छन। सन २००६ पछि कोरियामा रहेका स्थायी विदेशी वासिन्दाहरुले स्थानिय चुनावमा भोट हाल्न पाउन थालेका हुन। तर उनिहरु कोरियामा स्थायी वसोवासको अनुमति पाएको ३ बर्ष पूरा भएको हुनुपर्दछ।

विश्वका धेरैजसो देशहरुमा अहिले पनि भोटको अ’धिकार त्यहि देशका वासिन्दालाई मात्र हुने गर्दछ। तर केहि देशहरुमा भने विदेशीहरुलाई पनि भोटको अ’धिकार रहेको छ। सन २०१४ मा एक रिशर्च इन्स्टिच्युटले निकालेको प्रतिवेदनमा विश्वका ४५ वटा देशमा विदेशीहरुलाई भोटिङ अधिकार दिइएको छ।

प्रतिकृया दिनुहोस्