Monday, September 27

छेकेन को’रोनाले, कोरियाको निर्यात ८१ प्रतिशतले बढ्यो

May 11, 2021 365

दक्षिण कोरियाले म’हामा’रीका बिचमा पनि राम्रो व्यापार गर्न सफल भइरहेको छ। मे महिनाको पहिलो १० दिनको आँकडाअनुनसार गत बर्षभन्दा निर्यात ८१.२ प्रतिशतले बढेको पाइएको छ। बिशेषगरी चिप्स, अटो तथा पेट्रोलियमका सामानहरुको निर्यात बढेसँगै कोरियाको निर्यातमा छ’लाङ देखिएको हो। को’भि’डबाट धेरै देशहरुको अर्थतन्त्रले गति लिने संकेत गरिरहेको भएतापनि कोरियाको अर्थतन्त्रमा भने यसले कम अ’सर गरेको आँकडाहरुमा देख्न सकिन्छ।

मे महिनाको पहिलो १० दिनमा कोरियाले १२.५ बिलियन अमेरिकी डलर बराबरको सामान विदेश निर्यात गरेको छ। गत बर्षको यहि अवधिमा यस्तो निर्यात ६.९ बिलियन डलर रहेको थियो। यि डाटाहरु कोरियाको भन्सार सेवा विभागले दिएको हो। त्यसैगरी यहि अवधिमा कोरियाले १४.६ बिलियन डलर बराबरको सामान विदेशबाट आयात गरेको पाइएको छ। यो आयात गत बर्षको यहि अवधिको तुलनामा ५१.५ प्रतिशतले बढेको हो। निर्यातको तुलनामा आयात बढेसँगै कोरियाको मे महिनाको पहिलो १० दिनमा २.१ बिलियन डलर बराबरको ब्यापार घा’टा व्य’होरेको छ।

सेक्टरअनुसार मेमोरी चिप्सको निर्यात ५२ प्रतिशतले बढेको देखिएको छ भने अटोमोवाईलका सामानहरुको निर्यात ३५८.४ प्रतिशतले बढेको तथ्याङ्कमा देखिएको छ। कोरियाको समग्र निर्यातको करिब २० प्रतिशत हिस्सा सेमिकण्डक्टरको रहेको छ। विश्वकै सबैभन्दा ठूलो मेमोरी चिप बनाउने कम्पनी सामसङ इलेक्ट्रोनिक्स पनि कोरियन कम्पनी हो। अटोमोबाइलका सामानहरुको हिस्सा समग्र निर्यातमा ७ प्रतिशत रहेको छ।

त्यसैगरी कोरियाको पे’ट्रोलियम प’दार्थको निर्यात पिन १२८.२ प्रतिशतले बढेको पाइएको छ। विश्वका देशहरुमा अर्थतन्त्रले ग’ति लिन सुरुवात गरेसँगै पेट्रो’लियम पदा’र्थको माग ब’ढ्न गई मूल्य बढेसँगै यसको हिस्सा बढ्न गएको हो। टेलिकम्युनिकेशनका सामानहरुको निर्यात पनि ९७.२ प्रतिशतले बढेको छ। देशअनुसार सबैभन्दा धेरै निर्यात चीनसँग भएको छ। चीनसँगको निर्यात पनि ४५.५ प्रतिशतले बढेको देखिएको छ। अमेरिकासँगको निर्यात पनि १३९.२ प्रतिशतले बढेको छ।

प्रतिकृया दिनुहोस्