दक्षिण कोरियाको सरकारले उल्सान शहर नजिकै समुन्द्रमाथि ६ हजार मेगावाट विजुली उत्पादन हुने वायु उर्जा प्ला’न्ट बनाउने घोषणा गरेको छ। सरकारले यो आयोजना सन २०३० भित्र पुरा गर्ने गरि काम सुरु गरेको हो। कोरियाका राष्ट्रपति मुन जे इनले भनेका छन यो आयोजना पूरा गर्नका लागि ३२.८ बिलियन अमेरिकी डलर खर्च हुनेछ भने करिब २ लाख १० हजार रोजगारी त्यस क्षेत्रमा यो आयोजनाले सिर्जना गर्नेछ।
समुन्द्रमाथी बन्ने यो वायु उर्जाको प्ला’न्ट उल्सान शहरबाट ५८ किलोमिटर टाढा पर्दछ। उल्सान शहरलाई दक्षिण कोरियाको औध्योगिक क्षेत्रको मुटुका रुपमा लिने गरिन्छ। यो प्रोजेक्टको नमूना प्ला’न्ट २०० मेगावाटको वायु उर्जा प्ला’न्ट बनाउन कोरिया आयल कर्पोरेशन, कोरिया इष्ट वेष्ट पावर र इक्विनोर कम्पनीलाई जिम्मा दिइएको छ।
यो आयोजना पूरा भएपछि यसबाट उत्पादन हुने विजुलीले ५७ लाख ६० हजार घरमा विजुली पुर्याउन सकिनेछ भने विजुली जस्तो हरित उर्जाको प्रयोगले वार्षिक ९३ लाख टन कार्बन वातावरणमा जान बाट जो’गिनेछ। कोरियाली सरकारले सन २०२५ भित्र पहिलो चरणमा आयोजनाका लागि १.२ विलियन अमेरिकन डलर खर्च गरिसक्ने लक्ष राखेको छ।
गत फेब्रुअरीमा सरकारले सन २०३० मा पूरा हुने गरि ८ हजार २०० मेगावाटको समुन्द्रमाथि वायु उर्जा प्रोजेक्ट बनाउने घोषणा गरेको थियो। छल्लानाम्दो प्रदेशको सिनान भन्ने ठाउँमा पर्ने यस आयोजना पूरा भएपछि एउटै सामुन्द्रिक तटमा निर्माण भएको यो विश्वकै पहिलो वायु उर्जा प्ला’न्ट हुनेछ। सरकारले सन २०३० सम्ममा समुन्द्रमाथि बनाइने वायु उर्जा प्लान्ट’बाट १२ हजार मेगावाट विजुली निकाल्ने लक्ष राखेको छ। यो आयोजनाले सरकारको उक्त लक्ष भेट्टाउने ठूलो सहयोग गर्नेछ।
प्रतिकृया दिनुहोस्