Monday, September 27

कोरियामा ७ बर्ष यताकै सबैभन्दा धेरै रोजगारी बृध्दि

May 12, 2021 436

चालु बर्षको अप्रिल महिनामा दक्षिण कोरियामा गत ७ बर्ष यताकै सबैभन्दा धेरै रोजगारी बृध्दि भएको पाइएको छ। यसले कोरियामा को’रोनाका कारण करिब १ बर्षदेखि सु’स्त बनेको  रोजगारी बजारले पुन गति लिन थालेको देख्न सकिन्छ। गत महिना रोजगारहरुको संख्या २ करोड ७२ लाख पुगेको छ। यो संख्या गत बर्षको यसै अवधिको तुलनामा ६ लाख ५२ हजारले बढि हो।

यो बर्षको रोजगारी बृध्दि सन २०१४ को अगष्ट महिनापछिकै सबैभन्दा धेरै हो। त्यस बेला कोरियामा ६ लाख ७० हजारले रोजगारी बृध्दि भएको थियो। त्यसैगरी गत अप्रिलमा भएको बृध्दि रोजगारी थपिएका हिसाबले लगातार दोश्रो महिना पनि हो। गत मार्च महिनामा पनि  ३ लाख १४ हजार रोजगारी बृध्दि भएको थियो।

विगत करिब १ बर्षदेखि को’रोनाका कारण कोरियाली रोजगारको क्षेत्रमा म’न्दि आएको थियो। सन २०२० को मार्च महिनादेखि सन २०२१ को फेब्रुअरी महिनासम्म लगातार १० महिना कोरियामा रोजगारी घ’टिरहेको थियो। तर देशभित्र सामाजिक दूरीका नि’यमहरुमा खुकुलो पारिएपछि आर्थिक ग’तिविधी विस्तारै बढ्दै गएर थप रोजगारी सृजना हुने स्थिति बन्न पुग्यो। रोजगारी थपिएसँगै कोरियाली अर्थतन्त्रले गति लिन थालेको बताइएको छ।

गत सोमबार कोरियाका राष्ट्रपति मुन जे इनले यो बर्ष ४ प्रतिशतले आर्थिक बृध्दि गरिने गरि सरकारले काम गरिरहेको बताइएको छ। दक्षिण कोरिया अहिले एशियाकै चौथो ठूलो अर्थतन्त्र भएको मुलुक हो। गत महिना कोरियामा वे’रोजगारहरुको संख्या ११ लाख १५ हजार रहन गयो। यो संख्या अघिल्लो बर्षको तुलनामा २५ हजारले कम हो।

कोरियाली अर्थतन्त्रको प्रमुख खम्बाको रुपमा रहेको उत्पादनमूलक क्षेत्रमा गत महिना ९ हजार नयाँ रोजगारी थपिएको छ। त्यसैगरी सामाजिक सु’रक्षाको क्षेत्रमा २ लाख २४ हजार रोजगारी थपिएको छ। अस्थायी कामदारहरुको संख्या पनि बढेर ३ लाख ७९ हजार पुगेको छ। यो बर्ष रोजगार भएकाहरुको संख्या १ लाख ५० हजार पुग्ने सरकारले अपेक्षा राखेको छ।

प्रतिकृया दिनुहोस्